नवलपुरमा रोकिएको फरक प्रदेशमा दर्ता भएका सवारीको नविकरण आगामी हप्ताबाट सुचारु हुने

कावासोती । यातायात कार्यालय नवलपुरमा रोकिएको फरक प्रदेशमा दर्ता भएका सवारी साधनको कर संकलन र नविकरण आगामी हप्ता बाट सुचारु हुने भएको छ ।
गण्डकी प्रदेशको भौतिक पुर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका प्रवक्ता टिकाराम पौडेलले फरक प्रदेशमा दर्ता भएका सवारीको कर र नविकरणको विषयमा केही कानुनी अप्ठ्यारो रहेकाले काम रोकिएको बताउदै आगामी हप्ता भित्र नवलपुरमा रोकिएको कर संकलन र नविकरणको काम सुरु हुने गरि कानुनी अडचन फुकाएर परिपत्र गर्न लागिएको बताए ।
“फरक प्रदेशमा दर्ता भएका सवारीको कर संकलन र नविकरण गर्न केही कानुनी अडचन आएका छ्न, यो हप्ता भित्र सबै अडचन फुकाएर कावासोतीमा काम हुने गरि परिपत्र गर्दैछौ,” प्रवक्ता पौडेलले भने । फरक प्रदेशको कर संकलन गरेको विषयमा अख्तियारमा समेत उजुरी परेकाले पनि केही ढिलो भएको बताउदै प्रवक्ता पौडेलले सबै अप्ठ्यारा फुकाएर फरक प्रदेशमा दर्ता भएका सवारीको कर संकलन र नविकरणको काम आगामी हप्ता बाट नै नवलपुरमै हुने गरि काम अगाडि बढाईएको जानकारी दिए ।
यातायात कार्यालय नवलपुरले चालू आव ०७८/७९ का लागि गण्डकी प्रदेशको भौतिक पुर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयबाट परिपत्र न आएको भन्दै कर संकलन र नविकरण रोकेको थियो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा