उपचाररत ८ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमण भई पोखराका विभिन्न अस्पतालमा उपचाररत थप ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार केन्द्रमा उपचाररत पोखरा १३ की ४३ वर्षीया महिलाको बुधबार र पोखरा १३ का ९२ वर्षीय पुरुष तथा पोखरा १४ की ६८ वर्षीया महिलाको बिहीबार मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै मणिपाल अस्पताल पोखरामा उपचाररत पर्वत मोदी ५ की ६६ वर्षीया महिला, गण्डकी मेडिकल कलेजमा उपचाररत तनहुँ शुक्लागण्डकी ११ का ३३ वर्षीय पुरुष र सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा उपचाररत पोखरा ३२ की ४२ वर्षीया महिलाको बिहीबार उपचार कै क्रममा ज्यान गएको छ ।

सङ्क्रामक तथा सरुवा रोग अस्पताल मै उपचाररत पोखरा १६ की ७९ वर्षीय महिला तथा पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचाररत पोखरा २६ का ५८ वर्षीय पुरुषको बुधबार मृत्यु भएको निर्देशनालयले उल्लेख गरेको छ । निर्देशनालयका अनुसार बुधबार नै म्याग्दीको बेनी ६ मा होम आइसोलेसनमा बसेका एक ८२ वर्षीय पुरुषको कोरोनाबाट निधन भएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार २६८ पुगेको छ ।