देवदहको घोडाहा खोला पुल भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

११ भदौ,बुटवल । अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ ।
पुल भासिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । पुल भार्सिसँगै उक्त सडकखण्ड हुँदै आवत-जावत गर्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार अविरल वर्षाका कारण रुपन्देहीको तिलोत्तमाको मणिग्राम, शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगाएतका ठाउँ डुवानमा परेको छ । त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटिय क्षेत्र पनि डुवानमा परेको छ ।
वर्षातका कारण तिनाउ,कपिलवस्तु वाणगंगा नदी आसपासको क्षेत्र पनि जोखिममा परेको छ भन्दै सतर्क रहन प्रहरी र स्थानीय तहले अपिल गरेका छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै