कावासोतीमा बाढीले झलुङ्गे पुल बगायो , बिद्यालयको १५ लाख बराबरको शैक्षिक सामाग्रीमा क्षती

कावासोती : नवलपुरको कावासोती नगरपालिका वडा नं. १७ गगोरसतीमा रहेको झलुङ्गे पुललाई स्थानीय पत्थर खोलामा आएको बाढीले बगाईदिएको छ । सो स्थानमा २ बर्ष पहिला निर्माण गरिएको झलुङ्गे पुल शुक्रबार बिहान आएको बाढीले बगाईदिएको हो ।
संघीय सरकारको आर्थिक सहयोगमा ४२ लाखमा निर्माण गरिएको सो झलुङ्गे पुल २ बर्ष पहिला निर्माण कार्य सकिएको थियो । हिमालयन सामुदायिक विकास मंच मार्फत संघीय सरकारको बजेटबाट सो पुल निर्माण भएको हो ।
झलुङ्गे पुल निर्माण भए संगै स्थानियहरु लाई घाँस दाउरा गर्न नजिकैको जंगल क्षेत्रमा आवत जावत गर्न , डण्डा बजार आवत जावत सगै पुर्व पश्चिम राजमागर्मा जान समेत सहज भएको थियो ।
स्थानीय कोशीराम महतोका अनुसार झलुङ्गे पुलको तल सिंचाईको लागी बाँध बाध्दा पानीको बहाव रोकीन गई पुल बगाएको हो । महतोका अनुसार सिंचाईको लागी पक्की ढलान गर्दा पानीको बहाव रोकिएकाले नजिकैको गाँउमा समेत बाढी पसेको छ । बाढीले कावासोती नगरपालिका वडा नं. १७ मा रहेको त्रिभुवन बाल मा. वि. को मन्टेश्वरी कक्षा संचालन गरीएको भवनमा क्षती पुगेको छ ।
विद्यालयका प्रध्यानाध्यापक दिपक घिमिरेका अनुसार मन्टेश्वरीमा पढ्ने बालबालिकाको लागि रु १५ लाखमा खरीद गरीएको खेलकुद सामाग्री र अध्ययन सामग्री बाढीले बगाएको छ । राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्र्तगतको १८ लाखको २ कोठे भवन निर्माण कार्यका लागि राखिएका ५० बोरा सिमेन्ट भिजेको र छड बगाएर लगेको घिमिरेले बताउनुभयो ।
Source:Satyakalam

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा

१५ असोज, काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि

१४ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत