हुप्सेकोटमा पहिरोमा परि वेपत्ता भएका ३ जनाको अबस्था अझै अज्ञात

नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ मा पर्ने माथिल्लो चार घरेमा शुक्रबार बिहान गएको पहिरोमा परि वेपत्ता भएका ३ जनाको अबस्था अझै अज्ञात रहेको छ । उनिहरुको बिहानै देखि खोजी कार्य भईरहेपनि उनिहरुको अबस्थाबारे अझै थाहा हुन नसकेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेबी पाण्डेले बताईन् ।
“ उद्धार र खोजी कार्यका लागि जनशक्ती अत्यन्त कम छ , त्यसकारणले पनि अप्ठ्यारो भईरहेको छ , पानी परिरहेकाले पनि खोजी कार्य प्रभावित बनेको छ ।” पाण्डेले भनिन् । पहिरोमा परि वेपत्ता हुने एकै परिवारका हुन् । पहिरोमा परि एकजना घाईते भएका छन् । घाईते हुनेमा स्थानीय हस्त बहादुर पुलामी रहेका छन् । उनको उपचार भइरहेको छ ।
वेपत्ता हुनेहरुमा हरु हस्तबहादुरकी श्रीमती धन माया पुलामी र नातिनिहरु भुमिसरा पुलामी र देउमाया पुलामी रहेका छन् । यो समाचार तयार पार्दा सम्म उनिहरुको अबस्था अज्ञातनै छ । पहिरोले हस्तबहादुरको घरमा पुर्णरुपमा क्षती पुगेको छ भने पशु चौपायाहरु हरु पनि मरेका छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव