२९ घण्टापछि डाइभर्सन निर्माण गरेपनि यातायात सञ्चालन हुन सकेन

दयाराम आचार्य
कावासोती । अविरल वर्षाका कारण डाइभर्सन बगाएर अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग अझै सहज रुपमा सञ्चालनमा आउन सकेको छैन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको गैंडाकोट २३ स्मृति नजिक बिहीबार राति ९ बजेबाट डाइभर्सन बगाएर अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग अझै सहज रुपमा सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो ।
करिब २९ घण्टा पछि मर्मत गरेर शनिबार (आज ) बिहान २ बजेबाट यातायात सञ्चालनको प्रयास गरेपनि सवारीहरू सहज रुपमा वार पार हुन नसकेको सूचना अधिकारी सिंहले बताउनुभयो । डाइभर्सन निर्माण गरिएको भएपनि गाडीहरू हिलोमा फस्दा यातायात पूर्ण रुपमा सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो ।
 
डाइभर्सन निर्माण गरेको स्थानमा हिलो र दलदल भएकाले यातायात सञ्चालनमा आउन नसकेको सूचना अधिकारी सिंहले बताउनुभयो । भरखरै निर्माण गरिएकाले दलदल र हिलोले समस्या भएको उहाँले बताउनुभयो । हिलो भएको स्थानमा ग्राभेल राखेपनि दलदल हट्न केही समय सुक्नुपर्ने हुँदा पूर्ण रुपमा कतिबेलाबाट यातायात सञ्चालन हुन सक्छ यकिन गर्न नसकिने उहाँले बताउनुभयो ।
 
थुम्सी र भेडाबारी क्षेत्रका अन्य डाइभर्सन भने मर्मत गरिएको छ । अन्य डाइभर्सनमा अहिले कुनै समस्या नभएको सूचना अधिकारी सिंहले बताउनुभयो ।
 
लामो समय देखी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूलाई समस्या भएको छ । जङ्गलको क्षेत्रमा सवारी रोकिँदा यात्रुहरूलाई झनै समस्या भएको छ । खाजा ,खाना ,पानीको लागि सहज नहुदाँ यात्रु समस्यामा परेका छन् ।
 
यसै गरि नवलपुरको विनयी त्रिवेणी स्थित दाउन्नेमा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग भने पहिरो पन्छाएर एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ ।
  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 6 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०३
    • 6 views
    नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

    नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *