२३ स्मृतिपुलको डाईभर्सन बन्यो, एकतर्फि संचालनमा
भाद्र १२, कावासोती ।। शुक्रबार बिहानै देखी अवरुद्ध भएको नारायणगढ कावासोती सडक खण्ड एकतर्फि संचालनमा आएको छ । गैँडाकोटको २३ स्मृतीको अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ ।
गैँडाकोट नगरपालिका वडा नं. १० को २३ स्मृतिपुलको डाईभर्सन बाढीले बगाएपछि माटो गिटि राखेर भएपनि सञ्चालनमा ल्याईएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
गएराति देखि ह्युुमपाईप राखेर सडक सञ्चालनको प्रयास गरिएकोे प्रहरीले जनाएको छ । एकतर्फी डाईभर्सन खुलेपनि जामका कारण एक एक गरेर सवारीलाई पार गराईएको प्रहरीले बताएको छ ।
बिहिवार राति ९ वजेदेखि अवरुद्ध भएको सडक सञ्चालनमा नआउँदा सयौ यात्रुुहरुले सास्ती व्यहोर्नु परेको छ । हिलो माटोमा गाडिहरु फसेपछि यातायात सञ्चालनमा कठिनाई भैहरेको हो । यसअघि पनि सोहि स्थानको डाईभर्सन बाढीले बगाएपछि लामो समयसम्म यात्रुहरुले सास्ती व्यहोरेका थिए ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश