नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको तीन वर्षे कार्ययोजना तयार

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले पत्रकार महासंघको तीन वर्षे कार्ययोजना तयार गरेको छ। सो योजनाअनुसार महासंघले आगामी दिनमा युट्युबरलाई समेत पत्रकारिता आचारसंहिताको तालिम दिने भएको छ।
मकवानपुरको दामनमा बसेको महांघको बैठकले तीन वर्षे कार्ययोजना अन्तर्गत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संगठन पुनर्संरचना, श्रमजीवी पत्रकारको हितलगायतका विषयमा छलफल गरी कार्ययोजना तयार गरेको हो ।
सो कार्ययोजनाअनुसार युट्युबरलाई पत्रकारिताको मूलबाटोमा ल्याउनका लागि पत्रकार आचार संहिताअनुसारका सामग्री पस्किन प्रोत्साहन गर्ने र त्यसका लागि युट्युबरको राष्ट्रिय भेला आयोजना गर्नेदेखि उनीहरुलाई आचारसंहिताको तालिम प्रदान गर्ने निर्णय गरिएको हो।
त्यसैगरि सूचना विभागबाट जारी हुने प्रेस पासको विवरण अनलाइनमार्फत हेर्न मिल्ने व्यवस्था मिलाउन, पत्रकारिता बाहेकको क्षेत्रका व्यक्तिले कार्ड पाउने व्यवस्थालाई निरुत्साहन गर्न र पत्रकारले सरल तरिकाले प्रेस पास पाउने व्यवस्था गर्न माग गर्दै बैठकले अनलाइनबाट फर्म भर्ने अहिलेको व्यवस्थालाई प्रभावकारी बनाएर जुनसुकै ठाउँबाट अनलाइनमै कार्ड हेर्न र प्रिन्ट गर्ने व्यवस्था गर्न पहल गर्ने निर्णय गरेको छ।
महासंघले आफ्नो सदस्यता शुद्धीकरणका लागि विशेष अभियान चलाउने निर्णय गरेको छ । जसअनुसार महासंघको हरेक सदस्य कुन मिडियामा कार्यरत छ भन्ने कुराको विवरणसहित वेबसाइटबाट जानकारी दिने र केन्द्रीय साधारणसभासम्मका सदस्यले मात्रै मताधिकार पाउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ।
यस अतिरिक्त महासंघको बैठकले न्यूनतम पारिश्रमिकको कार्यान्वयन तथा समयसापेक्ष बढाउनका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने, महासंघका शाखाहरुको पुनर्संरचना आवश्यक भएका प्रदेशभित्रको संरचना परिवर्तनका लागि साधारणसभामा प्रस्ताव लगिने लगायतका अन्य निर्णयहरुसमेत गरेको जारी घोषणापत्रमा उल्लेख छ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा