२४ वर्षपछि बुटवलको ज्योतिनगरमा पहिरो : दर्जन बढी घरमा क्षति, स्थानीयको भागाभाग
बुटवल । चुरे पहाडको काखमा रहेको बुटवलको ज्योतिगर क्षेत्र माथिबाट पहिरो खस्दा सिंगो वस्ती नै जोखिममा परेको छ । आज विहानदेखि पहिरो खस्न थालेपछि दर्जन बढी घरमा क्षति पुगिसकेको छ ।
पहिरोले तीन वटा घर पुरेको छ भने अन्य घरहरुमा पनि बस्न नहुने गरी क्षति पुर्याएको स्थानीय बासिन्दाले बताएका छन् । गत शुक्रबार बस्ती माथिको वन क्षेत्रमा पहिरो गएपछि सतर्क अवस्थामा रहेकाले मानवीय क्षति भने हुन नपाएको बताइएको छ ।
स्थानीयवासीले पहिरोले क्षति पुर्याएका घरबाट सामान सार्ने काम गरिरहेका छन् भने अन्य घरका वासिन्दाहरु पनि घर छाडेर अन्यत्र गईरहेका छन् ।
पहिरोले गोलपार्कदेखि लक्ष्मीनगर जोड्ने सडक बगाएको छ भने विजुलीका पोल पनि ढालेको छ । यसअघि २०५५ सालमा गएको पहिरोले ज्योतिनगर क्षेत्रमा ठूलो विपत्ति ल्याएको थियो । त्यति बेला पनि भदौ महिनामै पहिरो गएको र ५ दर्जन घरमा क्षति पुर्याएको थियो । अहिले २४ वर्षपछि सोही स्थानमा पहिरो गएको हो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
सन्जय भट्टराई, कावासोती । वि.स २०५० अघि हात्ती डुबाउने
बोमलाल गिरी, नवलपुर, कात्तिक १५ गते । नारायणघाट–बुटबल सडक
कावासोती, कात्तिक १५ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय