दार्चुला तुईन प्रकरणबारे छानविन समितीको म्याद थप्ने तयारी
काठमाडौं । गृह मन्त्रालयले महाकाली तर्ने क्रममा तुइन चुडिँदा जयसिंह धामी बेपत्ता भएको घटनाबारे छानबिन गर्न बनाएको समितिको म्याद पुनः थप्ने तयारी गरेको छ ।
छानबिन समितिका सबै सदस्य काठमाडौंमा उपलब्ध नभएकाले केही दिन म्याद थप्ने तयारी गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । १५ साउनमा तुइनबाट नदी तर्ने क्रममा व्यास गाउँपालिका २ का ३३ वर्षीय धामी बेपत्ता भएका थिए ।
घटनाको छानबिन गर्न १७ साउनमा १० दिनको समय दिएर मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रमुख नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो ।
पटक पटक गर्दै तिन पटक म्याद थप्दा पनि समिमिलते काम गर्न सकेको छैन । धामी वेपत्ता भएको घटनास्थल दार्चुला पारी भारतको गस्कु भन्ने ठाउँ भएकोले अनुसन्धान गर्न कानुनी जटिलता देखिएको भन्दै छानविन समिति पन्छिन खोजेको छ । भारतले छानविन नगरेसम्म नेपालबाट केही हुन सक्ने रायसहितको प्रतिवेदन लेख्ने तयारी भईरहेको बुझिएको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोतीमा रहेको
कावासोती, मंसिर ५ गते । नवलपुर सदरमुकाम कावासोती