अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवतीको रथयात्रा निकालिँदै
पाल्पा : पाल्पा सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथायात्रा आज निकालिंदै छ।
भगवती जात्राले नेपाल-अंग्रेजको जितगढी युद्धलाई सम्झाउने गर्छ। वि. सं. १८७१/७२ तिर जितगढीमा भएको युद्धमा तत्कालीन कर्णेल उजीर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको थियो। भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त गरेको सम्झनामा यो जात्रा निकाल्ने चलन छ।
जितगढी युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजीर सिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए। वि.सं. १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो।
तानसेन भगवती टोलस्थित श्री ७ रणउजीरेश्वरी भगवतीको आज २०३ औं संस्करणको रुपमा भगवतीको सिन्दुर जात्रा एवं विजयोत्सव निकालिने भएको हो। तर कोरोना महामारीका कारण यो वर्ष जात्रा भव्य नहुने भएको छ। कोरोनाको जोखिम रहेकाले सीमित व्यक्तिको उपस्तिथिमा मन्दिर परिसरमै रथयात्रा निकाल्ने तयारी भइरहेको छ। निजामती कर्मचारी, सुरक्षाकर्मी, मन्दिर व्यवस्थापन समिति र पत्रकारको सहभागिता रहने छ। सर्वसाधारण सहभागी हुने छैनन्।
मंगलबार दिउँसो साढे १२ देखि १ बजेभित्र भगवतीको रथ उठाउने साइत जुरेको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए। नेपाली सेनाले सलामी चढाए लगत्तै स्वस्ती वाचन गरेर रथयात्राको प्रारम्भ हुनेछ। तीनपटक मन्दिर घुमाएपछि प्रमुख जिल्ला अधिकारीले पूजा गर्नेछन्। त्यसपछि नेपाली सेनाका जिल्ला प्रमुखले गर्नेछन्। जिल्ला समन्वय समिति र तानसेन नगरपालिकाले पूजा गरेपछि पुनः रथलाई तीनपटक मन्दिर घुमाएर भित्र राखिने छ। रथयात्रा विसर्जन हुने उदयले बताए।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश