नारायणघाट बुटवल सडक : २९ महिनामा ८.५ प्रतिशत मात्रै काम, प्रशासनलाई टेर्दैन चिनिया कम्पनी

सन्जय भट्टराई/कावासोती । करिब १७ अर्बको लगानीमा बिस्तार गर्न लागिएको पुर्व पश्चिम् राजमार्गको बुटवल नारायणघाट सडक खण्ड यति बेला अलपत्र अवस्थामा छ ।

साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएपछि २०७५ चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । तर सडक बिस्तारको शिलान्यास भएको २ वर्षको अवधीमा मात्रै ८.५ प्रतिशत काम हुँदा सर्वसाधारणले भने सास्ती बेहोर्न परेको छ ।

चाईना कन्स्ट्रक्सन कम्पनीले गैंडाकोटको नारायणी नदि पुल देखि बुटवल सम्म ११५ किलो मिटर सडक बस्ती क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा ४ लेन दाउन्नेमा ३ लेन बिस्तार गर्ने गरि १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँको लागतमा सम्पन्न गर्ने गरि ठेक्का पाएको थियो । साढे तीन वर्षमा काम सक्नका लागि हरेक महिना २.५ प्रतिशतका दरले काम सम्पन्न हुनु पर्नेमा दुई वर्षको अवधिमा ८.५ प्रतिशत मात्रै काम भएको आयोजना प्रमुख रमेश दिष्टिले बताए ।

सडक निमार्णको सम्झौता भए देखि निर्माण सम्पन्न नगर्दा सम्म सडक मर्मत गर्ने जिम्मा पनि निमार्ण कम्पनीकै हुने गरि सम्झौता भए पनि निमार्णको ठेक्का पाएको चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले भने सम्झौता अनुसार सडक मर्मतको काम नगर्दा सडक दुर्घटनाको जोखिम बढेको छ भने यो सडक भएर समयमा गन्तव्यमा पुग्ने कुरा कल्पना मात्रै हुने गरेको छ ।

सम्झौता अनुसार सडक निमार्ण सुरु भए पछि मर्मतको जिम्मा पनि चिनिया कम्पनीको भएको भन्दै सडक डिभिजन र जिल्लाका स्थानीय तहहरु मर्मत पनि चिनिया कम्पनीले नै गर्नु पर्ने भन्दै कानमा तेल हालेर बसेका छन । सम्भौता अनुसार मर्मतको काम गर्न पटक पटक ताकेता गरे पनि काम नगर्दा सडकको हालत नाजुक भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापाले बताए । “ गैडाकोट देखि दाउन्ने सम्मको करीब ६५ किलोमिटर सडकमा दुई सय भन्दा धेरै स्थानमा खाल्डाखुल्डी छन, वर्षायाममा खाल्डामा पानी भरिएर दुर्घटनाको जोखिम उस्तै छ, पटक पटक मर्मतको लागी ताकेता गर्दा पनि निर्माण पक्षले काम गदैन, उनीहरु प्रशासनको कुरा पनि टेर्दैनन” थापाले भने ।

आयोजना प्रमुख रमेश दिष्टीले पनि प्रशासनलाई नटेरेको भन्ने कुरा केही हद सम्म सत्य भएको स्वीकारे । “बिग्रेको सडक मर्मत गर्न प्रशासनले पटक पटक ताकेता गरेको हो, आयोजनाले पनि बिग्रेको सडकमा खाल्डा पुर्ने काम गरेको थियो तर वर्षाको कारणले पुरा मर्मत गर्न सकिएन,” दिष्टिले भने । बिग्रको सडक मर्मत गरेको निर्माण कम्पनीले दाबी गरे पनि सडकमा देखिएका खाल्डाखुल्डीले निर्माण कम्पनीले मर्मत गर्नेकाम गरेको भनेर विश्वास गर्न सक्ने अवस्था भने छैन ।

निमार्ण कम्पनीले समयमै काम नगर्दा सडक बिग्रीएर बगर बनेको पत्रकार नारायण शर्माले बताए । “चिनिया कम्पनीले समयमै काम सम्पन्न नगर्दा पुर्व पश्चिम राजमार्ग भएर हिडने यात्रुले निकै सास्ती र दुख व्यवहोर्न परेको छ, ४५ मिनेटको यात्रा गर्न ३ घण्टा धेरै समय लाग्छ, निर्माण कम्पनीले स्थानीय प्रशासनलाई समेत टेर्दैन,” शर्माले भने ।

सडक बिस्तारको काम अलपत्र छोडे पछि वर्षातको समयमै सडक पुरै हिलाम्य भएको छ । आयोजनामा पर्ने साना ठुला गरेर बनाउनु पर्ने २२ वटा पुल मध्ये अधिकांश भत्काएर नयाँ बनाउन सुरु गरिएको भए पनि भत्काएको ठाँउमा बनाइएका डाईभर्सननै वर्षातको समयमा सडक अवरुद्ध हुने प्रमुख कारण बनेका छन ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 50 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 95 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *