सभामुख भीर–भीर कुद्छन्, अदालतको झन् कुरै नगरौं– केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिडाउन खोजेको आरोप लगाएका छन ।
नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिडी कान्ला–कान्ला र भीरबाट हिडेको बताएका हुन।
उन्ले भने , ‘राजनीतिलाई कुबाटोबाट हिडाउन खोजिएको छ । राजमार्गबाट सभामुख हिड्न मान्दैनन् । बाटाबाट हिड्न मान्दैनन् । कान्ला-कान्ला, भीर–भीर कुद्छन् ।’
उन्ले निर्वाचन आयोग पनि संविधान र कानूनको राजमार्गमा हिड्न छाडेको बताए । अदालतमा बसेपछि जे पनि गर्न सकिने जस्तो भइरहेको पनि समेत उल्लेख गरे ।
, ‘निर्वाचन आयोग संविधानको, कानूनको राजमार्ग छ, त्यो राजमार्ग छोडेर भित्तातिर ठोक्किन जान्छ । सम्मानित अदालतको कुरै नगरौं । त्यहाँ बसेपछि त जे गर्दा पनि हुन्छ । त्यही भइरहेको ओलीकाे भनाइ थियाे ।’
अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनले अलोकतान्त्रिक अभ्यास गरिरहेको भन्दै आगामी चुनावमा वर्तमान सत्तारुढ गठबन्धन भत्किने दावी गरे ।
अध्यक्ष ओलीले खेल क्षेत्रलाई महत्व दिनुपर्ने तथा प्रोत्साहन गर्नुपर्ने पनि बताए । खेलले मानिसलाई चुस्त, दुरुस्त, सक्षम र अनुशासित बनाउने पनि उहाँले उल्लेख गरे । अनुशासित भएर खेल्न सके सफलता प्राप्त गर्न सकिने भन्दै अध्यक्ष ओलीले खेलाडीहरूलाई अनुशासित भएर खेल्न सुझाव दिए ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै