कार्यालय र कर्मचारी राखेर चन्दा संकलन गर्ने दुई जना पक्राउ

चितवनमा कार्यालय र कर्मचारी राखेर चन्दा संकलन गर्ने दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय चितवनले बाँके नेपालगन्ज वडा नम्वर ३ घर भई चितवनमा बस्दै आएका ५१ बर्षिय संकुचन लामा र मकवानपुर मनहरी गाँउपालिका वडा नम्वर ३ विजौला बस्ने २४ बर्षिय पासाङ नोर्बु लामालाई पक्राउ गरेको हो ।
उनिहरुले विभिन्न व्यक्तिलाई सहयोग गर्ने बाहानामा कार्यालय र कर्मचारी समेत राखेर मासिक रकम उठाउने गरेको प्रहरीले जनाएको छ । अबैध रुपमा गैरकानुनी तवरले चन्दा संकलन गरेको भन्ने बिशेष सूचनाका आधारमा उनिरुहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो ।
उनिहरुलाई अबैध चन्दा संकलन गरेको कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा