सभामुख सापकोटा विरुद्धको मुद्दाको पेसी आज, द्वन्द्वकालको मुद्दा संवैधानिक इजलासले हेर्दै
काठमाडौं । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दाको पेसी आजको लागि तोकिएको छ ।
सर्वोच्च अदालतले संवैधानिक इजलासको साप्ताहिक पेसी सूचीमा सापकोटा विरुद्धको मुद्दालाई पहिलो नम्बरमा राखेको छ । करिब १० वर्षदेखि सर्र्वोच्च अदालतमा विचराधिन उक्त मुद्दा हालसम्म २० पटक पेसीमा तोकिए पनि अन्तिम सुनुवाइ हुन सकेको छैन ।
अर्जुन लामाकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते सापकोटा विरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा करिब १० वर्ष देखि विचाराधीन रहेको छ ।
२०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका काभ्रे छत्रे बाँझका अर्जुन लामाको शव दुई महिनापछि काभ्रेकै साविक बुढाखानी गाविसको चारकिल्ला भन्ने ठाउँमा गाडेको अवस्थामा फेला परेको थियो ।
लामाको हत्यामा सापकोटा र सूर्यमान दोङ संलग्न भन्दै पूर्णिमायाले दायर गरेको जाहेरी दरखास्तलाई २०६४ असार २६ गते काभ्रे जिल्ला प्रहरी कार्यालयले सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत् मिलाइने भन्दै दरपिठ गरेको थियो ।
सर्वोच्चको आदेशमा दर्ता गरिएको उक्त मुद्दालाई २०६९ साउनमा मन्त्रिपरिषदले तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसपछि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अदालतले ११ मंसीर २०६९ मा अर्को आदेश जारी गर्नु परेको थियो ।
सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त मुद्दामा सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन गत २०७६ असार २५ गते आदेश जारी गरेको थियो ।
https://www.nsancharonline.com/archives/5389?p=5389कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
https://www.nsancharonline.com/archives/5389?p=5389२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
https://www.nsancharonline.com/archives/5389?p=5389पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
https://www.nsancharonline.com/archives/5389?p=5389दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
https://www.nsancharonline.com/archives/5389?p=5389काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
https://www.nsancharonline.com/archives/5389?p=5389दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
https://www.nsancharonline.com/archives/5389?p=5389कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
https://www.nsancharonline.com/archives/5389?p=5389एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
https://www.nsancharonline.com/archives/5389?p=5389गजल १. आगो बोकेर हिंडेको छु पैतालामा गहिरा समुन्द्र भए पनि
https://www.nsancharonline.com/archives/5389?p=5389चितवन, मंसिर १९ गते । चितवनमा रास्वपा सभापति