सुरु हुन थाल्यो भौतिक उपस्थितिमा पठनपाठन,क्रमशः सबै विद्यालय खुल्ने

काठमाडौं,भदौं १६- नेपालका शैक्षिक संस्थाहरूमा कोभिड–१९ कारण दुई वर्ष बढी समयदेखि भर्चुअल रूपमा पठनपाठन हुँदै आएकोमा पछिल्लो समय कतिपय ठाउँमा भौतिक उपस्थितिमा पठन पाठन सुरु हुन थालेका छन् ।
कोभिड–१९ संक्रिय सक्रमितको अवस्थालाई ध्यानमा राखेर कोभिड संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८ अनुसार सम्बन्धित प्रशासन तथा स्थानीय निकायको अनुमतिमा उपत्यकाका केही शैक्षिक संस्था र उपत्यकाबाहिरका कतिपय शैक्षिक संस्थामा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको हो ।
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पछिल्लो समय निषेधाज्ञालाई खुकुलो बनाउँदै स्मार्ट लकडाउनमा सीमित बनाई कार्यविधि नै जारी गरेपछि भने कतिपय विद्यालयहरूमा भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो ।
भर्चुअल कि भौतिक भन्ने सम्बन्धित निकायले नै निर्णय गर्छः सीसीएमस
सीसीएमसीले लकडाउन तथा निषेधाज्ञाका कारण सामाजिक–आर्थिक गतिशिलता अवरुद्ध हुन गई नागरिकको जीविकोपार्जनमा नै कठिनाइ उत्पन्न भएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको थियो । सीसीएमसीले पछिल्लोपटक कोभिड–१९ सम्बन्धी अधिकांश निर्णयको अधिकार डीसीएमसी तथा स्थानीय तहलाई दिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

९ असोज, काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग ललिता