मनाङको बाटो तिब्बत जोड्दै गण्डकी सरकार ।
पोखरा । सडक सञ्जालका हिसाबले मनाङ अहिले पनि गण्डकीमा सबैभन्दा विकट जिल्ला हो । मनाङको नार्पाभूमि गाउँपालिकामा अहिलेसम्म सडक सञ्जालले छोएकै छैन ।
अब भने सरकारले मनाङको बाटो हुँदै तिब्बतसम्म सडक पुर्याउने भएको छ । मन्त्रिपरिषद् बैठकले थोंचे–लार्केपास सडकको ट्रयाक खोल्ने बजेट सुनिश्चित गरेको हो ।
‘इआइए नभएका कारण बजेटमा सम्बोधन गर्न सकिएको थिएन । अहिले इआइए बन्यो । मन्त्रिपरिषद्बाट अघि बढाउने निर्णय भयो,’ सरकारका प्रवक्ता कुमार खड्काले भने ।
उनकाअनुसार यो वर्ष ३ करोड रुपैयाँ बजेट छुट्याइएको छ । यो सडकलाई बहुवर्षीय आयोजनाअन्तर्गत सम्पन्न गर्ने लक्ष्य छ । थोंचेदेखि १० किलोमिटर सडकको डिपिआर तयार भइसकेको छ ।
पूर्वाधार कार्यालय मनाङका प्रमुख प्रल्हाद दाहालका अनुसार १० किलोमिटर सडक बनाउनमात्रै ६० करोड लाग्ने अनुमान छ । ‘विकट क्षेत्र छ । संरचना सोही अनुसार बनाउनुपर्छ,’ उनले भने, ‘प्राकृतिक संवेदनशीलता हेरेर सडक खन्दा महँगो पर्न जान्छ ।’
लार्के पास जोड्ने लम्बाइ भने निकालिएको छैन । थोंचेबाट ३ दिनको हिँडाइपछि लार्के पुग्न सकिन्छ ।
पूर्वाधार कार्यालय मनाङका प्रमुख प्रल्हाद दाहालका अनुसार १० किलोमिटर सडक बनाउनमात्रै ६० करोड लाग्ने अनुमान छ
प्रदेश सरकारले योसँगै थप ५ वटा योजनालाई पनि अघि बढाउने भएको छ । अघिल्लो सरकारले वर्षको अन्तिममा स्रोतबिना टेन्डर निकालेका ५ वटा योजना अघि बढाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
अघिल्लो सरकारले स्रोत सुनिश्चित नगरी ५ अर्ब ११ करोडका १४ वटा योजनाको टेन्डर निकालेको नयाँ सरकारको आरोप थियो । चालु वर्षमा मोबिलाइजेसन रकम दिएर योजनाको काम अघि बढाउने निर्णय भएको प्रवक्ता खड्काले बताए ।
लमजुङको खत्रीठाँटी सोतीपसल सडक, पर्वतको शालिग्राम कोरिडोर, म्याग्दीको बेनी–दरबाङ र स्याङजाको नौडाँडा–कार्कीनेटा सडक तथा गोरखाको धार्चेस्थित नौलीखोला पुल निर्माण अघि बढाउने निर्ण गरेको हो ।
चालु वर्षका लागि २३ करोड ७५ लाख विनियोजन गरेको हो ।
‘पैसा नभएर टेन्डर भएका योजनाको पनि टेन्डर नखोलेको स्थिति थियो । धेरै चरणमा छलफलपछि यसलाई अघि बढाउनुपर्छ भनेर अर्थले स्रोत सुनिश्चितता गर्यो । अनि अघि बढेको हो,’ उनले भने । यी आयोजना अलपत्र छाडिएको भन्दै एमाले संसदीय दल गण्डकीले पटक पटक सरकारको ध्यानाकर्षण गराएको थियो ।
सदन नै अवरुद्ध गर्नेसम्मको चेतावनी पाएपछि सरकारले आयोजनाको काम सुरु गर्न लागेको हो । यसैबीच, विभिन्न समयमा भएका द्वन्द्वपीडितको निशुल्क उपचारमा पनि सरकारले चासो दिएको छ ।
सबै जिल्ला अस्पताललाई २ लाख ५० हजारको दरले रकम निकासा दिने निर्णय गरिएको हो । मनाङ र मुस्ताङलाई भने १/१ लाख दिने निर्णय भएको छ । यस्तै, मन्त्रिपरिषद् बैठकले ११ जना कम्प्युटरका कर्मचारीलाई करारमा नियुक्त गर्ने निर्णय गरेको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
सन्जय भट्टराई, कावासोती । चाडपर्व नजिकिदै जादाँ नारायणगढ–बुटवल सडकको
कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री
कावासोती । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्रीलाई