सहमतिमा सभापतिको एउटै उम्मेदवार दिने कांग्रेस संस्थापन इतर समूहको घोषणाः
काठमाडौं । नेपाली कांग्रेस भित्रको संस्थापन इतर समूहले पार्टीको १४औं महाधिवेशनमा आफ्नो समूहबाट सहमतिबाट एउटै उम्मेदवार तोक्ने घोषणा गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस भित्रको संस्थापन इतर समूहले आगामी १४औं महाधिवेशनमा सहमतिमा नै उम्मेदवार तोक्ने घोषणा गरेको हो ।
सो समूहलाई नेतृत्व गर्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनमा आफ्नो समूहबाट सभापतिमा एउटै उम्मेदवार तोकिने बताए ।
महाधिवेशनमा हामी सभापतिमा एउटै उम्मेदवार सहमतिमा नै दिन्छौं, देशभरीका साथीहरुलाई म ढुक्क रहन आग्रह गर्दछु,’ पौडेलले भने । उनले ‘कसको नाममा सहमति हुन्छ त ?’ भन्ने पत्रकारहरुको जिज्ञासामा भने व्यक्तिका विषयमा पछि टुंगो लगाइने बताए ।
पत्रकार सम्मेलनमा महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु डा.शेखर कोइराला, अर्जुननरसिंह केसी, नेतृ सुजाता कोइराला, गगन थापा सहभागी थिए ।
सो क्रममा नेता केसीले आफ्नो समूहको अठोट र संकल्प सहित कार्यक्रमको उपस्थितिले पनि सहमतिमा नै उम्मेदवार तय हुने बताए ।कांग्रेसको सबै भन्दा तल्लो तहको अधिवेशनका रुपमा लिइएको वडा अधिवेशन भने भोलीबाट शुरु हुँदैछ ।
वडा अधिवेशन सुरु हुनु अघिल्लो दिन कांग्रेस भित्रको पौडेल समूहले देशभरका नेता कार्यकर्ताहरुलाई उत्साह जगाउन पत्रकार सम्मेलन मार्फत समूह भित्र एकता रहेको सन्देश दिएको हो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासाेतीः बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्,
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी