नेपाल र भारतबीचको मैत्रिपूर्ण फुटबल बराबरी, भारतविरुद्ध नेपालका अञ्जन विष्टकाे गोल
काठमाडौं, भदौं १७ । नेपाल र भारतबीचको मैत्रिपूर्ण फुटबल बराबरीमा सकिएको छ । खेलमा दुबै देशका खेलाडीले एक एक गोल गरेका हुन् । पहिलो गोल भारतविरुद्ध नेपालका अञ्जन विष्टले गरेका हुन् ।
दशरथ रंगशालामा भएको खेलको ३६ औं मिनेटमा नेपालका विष्टले पहिलो गोल गरेका हुन् । विष्टको गोलबाट नेपालले अग्रता लिए पनि त्यसलाई अन्तिमसम्म टिकाउन भने सकेन र खेल बराबरीमा सकियो ।
भारतका तर्फबाट भने खेलको ६० औं मिनेटमा बराबरी गोल फर्काएको थियो । कप्तान सुनील क्षेत्रीले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाएपनि पूर्ण रुपमा क्लियर हुन नसक्दा गोलमा परिणत भएको थियो ।
सोही बललाई भारतीय फुटबलर अनिरुद्ध थापाले गोललाइनबाटै गोल गर्न सफल भए । दोस्रो हाफको शुरुमा ब्रान्डन फर्नान्डेजको स्थानमा मैदान छिरेका अनिरुधले नै गोल गरेका हुन् ।
कोरोना महामारीले खेल गतिविधि ठप्प् भएका बेला नेपाल र भारतबीच मैत्रिपूर्ण फुटबल खेल भएको हो । नेपालले भारतमाथि ६ वर्षपछि गोल गरेको हो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार
२१ कात्तिक, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला
२१ कात्तिक, काठमाडौं । खुँडा प्रहार गरेर ज्यान
सन्जय भट्टराई, कावासोती । गत कार्तिक ३ गते बुलिङटारबाट
काठमाडौं : बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय