दाउन्नेमा फेरि पहिरो गयाे, यातायात ठप्प ।

नवलपुर,भदौं १८ । महेन्द्रराजमार्ग अन्तरगत दाउन्नेमा पहिरो खसेर यातायात ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान २ बजे दाउन्नेको खुर्सानी खोला नजिक पहिरो खस्दा यातायात अबरुद्ध भएको हो । 

वर्षाद भैरहेकाले पहिरो हटाउन सकिएको छैन । महेन्द्रराजमार्ग हुदै पुर्व पश्चिम हिडेका गाडि प्रहरीले दुम्कीवास र बर्दघाटमा रोकेको छ  । पूर्वी नवलपरासीमा गएराति १ बजेपछि भिषण वर्षाद छ ।