५० प्रतिशत मात्रै दर्शक राखेर फिल्म हल सञ्चालन गर्न काठमाण्डौ प्रशासनको निर्देशन ।

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले कुल सिट क्षमताको ५० प्रतिशत मात्रै दर्शक राखेर फिल्म हल सञ्चालन गर्न फिल्म व्यवसायीहरूलाई निर्देशन दिएको छ।
शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले चलचित्र विकास बोर्ड तथा फिल्म व्यवसायीहरूसँग बसेकाे बैठकमा उक्त निर्देशन दिएका हुन्।
प्रमुख जिल्ला अधिकारी पराजुलीले रात्रिकालीन व्यवसायमा पनि ५० प्रतिशतमात्रै दर्शक वा ग्राहक राख्न निर्देशन दिएको सहायक प्रजिअ कल्पना घिमिरे नेपालले जानकारी दिए।
उनले भनिन,‘आज फिल्म ब्यवसायी, लोकदोहोरी साँझ, क्लब लगायत रात्रिकालीन व्यवसायीहरूसँग बैठक भएको थियो, यसै बेला उहाँले त्यस्तो निर्देशन दिनु भएको हो।’
काेभिडका कारण बैशाखदेखि बन्द गरिएकाे फिल्म हल काठमाडौं जिल्ला प्रशासनले १७ गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेकाे थियो।

मङ्लबार, भदौ २६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको