निर्दाेष सैनिक जवान भरतपुर कारागारबाट छुटे

साढे दुई वर्षदेखि थुनामा रहेका दुई निर्दाेष सैनिक जवान भरतपुर कारागारबाट छुटेका छन् । भरतपुर कारागारका प्रमुख कमलप्रसाद काफ्लले सैनिक अदालतको आदेशअनुसार थुनामा रहेका दुई सैनिकहरुलाई छाडिएको बताए ।
नेपाली सेनाको चितवनस्थित कालीबहादुर गणबाट हतियार ‘एसएमजी’ चोरेको आरोपमा दुई सैनिक जवान कारागारमा रहेका थिए । कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ्ग र जवान सरोज तामाङ्गलाई सैनिक अदालतले सफाइ दिएको थियो । एसएमजी हतियार चोरीमा उनीहरुको संलग्नता नरहेको पुष्टि भएपछि सैनिक अदालतले उनीहरुलाई सफाइ दिएको हो ।
सैनिकद्वय तामाङ र गुरुङले चोरी गरेको भनिएको साउन ७ गते चितवनमा सैनिक भरत गुरुङको हत्यामा गंगाधर ढकालले प्रयोग गरेको खुलेपछि यो मुद्दा ढकालतर्फ फर्किएको थियो भने सैनिकद्वयले सैनिक विशेषमा पुनरावेदन गरेको निवेदनमाथि सुनुवाई अघि बढाइएको थियो ।
उता गन चोरेको र सोही हतियार प्रयोग गरी आफ्नै साथी सैनिक गुरुङको हत्यासमेत आफैँले गरेको स्वीकार गरेका ढकाललाई भने सैनिक समरी जनरल अदालतले जन्मकैदको फैसला सुनाइसकेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै