खनाल-नेपाल समूह बैठक बस्दै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ । हिजो अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

सो समूहले हिजै स्थायी कमिटीको बैठक बोलाएर आफू निकट केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएको हो । खनाल–नेपाल समूहले ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वानसमेत गरेको छ ।

हिजोको भेलाले चैत पहिलो साता राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णयसमेत गरेको छ । भेलामा सबै जनवर्गीय संगठनहरुको सहभागीता हुने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय भएको छ ।