जेल बसेको ३० महिनापछि निर्दोष ठहरिए सेनाका दुई जवान

हतियार चोरी प्रकरणमा दोषी ठहरिएर जेल बसेको नेपाली सेनाका दुई जना जवान ३० महिनापछि निर्दोष ठहरिएका छन्।
उनीहरू सैनिक विशेष अदालतबाट शुक्रबारको फैसलामा निर्दोष ठहरिएका हुन्।
सेनाले हतियार चोरीको मुख्य योजनाकार भनेर अमल्दार पोष्टमा कार्यरत लवकुमार गुरूङ र सरोज तामाङलाई कोर्ट मार्सल गरेको थियो।
लव र सरोजले चोरी गरेको भनिएको र भरतको हत्यामा प्रयोग भएको हतियार (१००७९२ र वट नं ख २५) एउटै भएपछि घटनाले नयाँ मोड लिएको थियो। हत्याको आरोप लागेका गंगाधरविरूद्ध बिहीबारको फैसलाले २५ वर्ष कैद तोकेको छ।
लव र सरोज भरतपुर कारागारमा रहेका थिए। सेनाको कालिबहादुर गणको आग्रहपछि दुवै जनालाई कारागारले सेनालाई बुझाएको थियो।
निर्दोष ठहरिएसँगै उनीहरूको जागिर पुनर्बहाली हुने भएको छ। तर ड्युटीको समयमा अन्य साथीलाई ड्युटी छाडेर आफूहरू दोहोरी साँझ गएको आरोपमा बढुवा भने ३ वर्षका लागि रोकिएको छ।
०७५ साल पुस ४ गते हतियार चोरेको आरोप लव र सरोजमाथि थियो। त्यतिखेर समरी अदालतबाट उनी ०७५ चैत २८ गते कारागार चलान भएका थिए। लवकुमार १० र सरोज ७ वर्षका लागि जेल सजाय तोकिएको थियो। चोरी गरिएको हतियार बेचेको आरोमा दुई जना सर्वसाधारण तारा तामाङ र पवन गुरूङले भने सफाइ पाएका थिए।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा