शासन जनताको छोराछोरीले गर्नुपर्छ, अभिभावकको रुपमा राजसंस्था रहनुपर्छ: कमल थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा राजसंस्था रहने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश ‘ख’ पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै उहाँले धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताउनुभएको हो ।

थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको समेत बताउनुभयो। मुलुकमा ब्रम्हलुटको अबस्था रहेको ,महालेखा परिक्षकको प्रतिवेदनले कहालीलाग्दो तस्बिर देखाएको चर्चा गर्दै थापाले निर्बाचन प्रणालीमा सुधार हुनुपर्ने टिप्पणी गर्नुभयो ।

‘राजनीतिलाई भ्रष्टाचार तर्फ उन्मुख गराउने निर्बाचन प्रणालीले नेता, भ्रस्टाचारि, माफिया, कर्मचारी र बिचौलियाको गठबन्धन झन् बलियो बनाउने तर्फ सजग हुनुपर्ने’ बताउँदै उहाँले भन्नुभयो, ‘करोडौं खर्च गरेर चुनाव जित्नेहरुको ध्याउन्न कमाउने तर्फ केन्द्रित हुने भन्दै थापाले राजनितिलाई कमाई खाने माध्यम बनाउन दिन नहुने तर्फ मतदाता सजग हुनुपर्छ ।’

दार्चुलाका जय सिंह धामीलाई न्याय दिने बिषयमा सरकार कमजोर देखिनु आपत्तिजनक भएको भन्दै थापाले राष्ट्रियता सर्वोपरी बन्नुपर्नेमा जोड दिनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 21 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *