रुख चढेर फोन गर्नुपर्ने गाउँपालिका अध्यक्षको बाध्यता

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा टेलीफोन गर्न गाउँबाट करिब २ घण्टाको बाटो हिड्नु पर्ने बाध्यता छ ।

६ वटा वडा भएको गाउँपालिकाको नेप्कामा त अहिलेसम्म टावर नै नबनी टेलीफोन मोबाईल के हो भन्ने बारेमा रम्रोसँग थाहा छैन । त्यहाँ टावरका समाग्री आइसकेका कारण बल्ल नागरिकले जानकारी पाउन थालेको गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईँले बताउनुभयो ।

भौगोलिक हिसाबले ठूलो र धेरै खोल्साखोल्सी भएको उक्त गाउँपालिकामा एक मात्र नेपाल टेलीकमको टावर मेल्छाम ५ मासीधारमा आर्थिक वर्ष २०६६।०७७ बनेको थियो ।

उक्त टावर कम क्षामता भएकाले सीमित मात्रमा टेलीफोन हुँने गर्दथ्यो । अहिले आएर पूर्ण रुपमा बन्द हुँदा दुई घण्टाको पैदल बाटो हिडेर रुखको टुप्पोमा गएर फोन गर्न बाध्य भएको गाउँपालिकाका अध्यक्ष चौलागाईले बताउनु भयो ।

‘टेलीफोन नभए पनि इन्टरनेट सेवा छ । तर अत्यन्तै सुस्त छ ।’ गाउँपालिकाका अध्यक्ष चौलागाईले भन्नुभयो । घाम लागेको बेला काम गर्छ तर घाम नलागेमा वा वर्षा, हावाहुरी लागेमा तथा हिमपात भएमा भने सबै सेवा ठप्प हुने स्थानीयले बताएका छन् ।

आफू गाउँपालिकाको अध्यक्ष भैसकेपछि पनि धेरै पटक सञ्चार मन्त्रालय, नेपाल टेलीकममा धाउँदाधाउँदा हैरान भैसकेको बताउँदै गाउँपालिका अध्यक्ष चौलागाईँले सम्बन्धित निकायले हुन्छहुन्छ भन्ने तर काम केही नगरेको उल्लेख गर्नुभयो ।

नेपाल टेलिकमका प्राविधिक राम खातीले भने आफूलाई पनि त्यती धेरै जानकारी नभएको तर सोही गाउँपालिकाको नेप्कामा टावर बनाउन जाँदा त्यहाँको स्थितिका बारेमा सबै टावरहरु हेरेर आउने योजना सुनाउनुभयो ।

सिआइएन खवरवाट…………………………

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २३, बुधबार १२:४८
    • 59 views
    पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

    कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 91 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *