रुख चढेर फोन गर्नुपर्ने गाउँपालिका अध्यक्षको बाध्यता

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा टेलीफोन गर्न गाउँबाट करिब २ घण्टाको बाटो हिड्नु पर्ने बाध्यता छ ।
६ वटा वडा भएको गाउँपालिकाको नेप्कामा त अहिलेसम्म टावर नै नबनी टेलीफोन मोबाईल के हो भन्ने बारेमा रम्रोसँग थाहा छैन । त्यहाँ टावरका समाग्री आइसकेका कारण बल्ल नागरिकले जानकारी पाउन थालेको गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईँले बताउनुभयो ।
भौगोलिक हिसाबले ठूलो र धेरै खोल्साखोल्सी भएको उक्त गाउँपालिकामा एक मात्र नेपाल टेलीकमको टावर मेल्छाम ५ मासीधारमा आर्थिक वर्ष २०६६।०७७ बनेको थियो ।
उक्त टावर कम क्षामता भएकाले सीमित मात्रमा टेलीफोन हुँने गर्दथ्यो । अहिले आएर पूर्ण रुपमा बन्द हुँदा दुई घण्टाको पैदल बाटो हिडेर रुखको टुप्पोमा गएर फोन गर्न बाध्य भएको गाउँपालिकाका अध्यक्ष चौलागाईले बताउनु भयो ।
‘टेलीफोन नभए पनि इन्टरनेट सेवा छ । तर अत्यन्तै सुस्त छ ।’ गाउँपालिकाका अध्यक्ष चौलागाईले भन्नुभयो । घाम लागेको बेला काम गर्छ तर घाम नलागेमा वा वर्षा, हावाहुरी लागेमा तथा हिमपात भएमा भने सबै सेवा ठप्प हुने स्थानीयले बताएका छन् ।
आफू गाउँपालिकाको अध्यक्ष भैसकेपछि पनि धेरै पटक सञ्चार मन्त्रालय, नेपाल टेलीकममा धाउँदाधाउँदा हैरान भैसकेको बताउँदै गाउँपालिका अध्यक्ष चौलागाईँले सम्बन्धित निकायले हुन्छहुन्छ भन्ने तर काम केही नगरेको उल्लेख गर्नुभयो ।
नेपाल टेलिकमका प्राविधिक राम खातीले भने आफूलाई पनि त्यती धेरै जानकारी नभएको तर सोही गाउँपालिकाको नेप्कामा टावर बनाउन जाँदा त्यहाँको स्थितिका बारेमा सबै टावरहरु हेरेर आउने योजना सुनाउनुभयो ।
सिआइएन खवरवाट…………………………

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै