शेयर बजारमा उच्च अंकको गिरावट, ३० कम्पनीको मूल्य अत्यधिक घट्यो

२० भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक कारोबार बन्द हुँदा १०८ अंक भन्दा माथिले घटेको छ ।
नेप्से परिसूचक १०८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ अंकमा झरेको छ । दिउसो ५ प्रतिशत बढीले मूल्य घटेर सर्किट ब्रेक समेत लागेको थियो । ४० मिनेट बन्द भएर खुलेको बजारमा केही सम्हालिने संकेत देखिएको थियो ।
तुलनात्मक हिसाबले बन्द हुँदा थोरै सम्हालियो । बजार बन्द हुँदा ३ दशमलव ७० अंकले घटेको हो । उच्च अंकले नेप्से परिसूचक घट्दा २ दर्जन बढी कम्पनीको सेयर मूल्य अत्यधिक घटेको छ ।
एकै दिन कुनै कम्पनीको १० प्रतिशत भन्दा बढी मूल्य घटबढ हुननसक्ने नियम छ । १० प्रतिशत हाराहारीमा घट्ने कम्पनीको स.ख्या नै ३० पुगेको छ ।
यी हुन् धेरै गुमाउने कम्पनीहरु
Source: Onlinekhabar

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको