नवलपुरमा निषेधाज्ञा हट्यो ।

नवलपुर , भदौ २० । नवलपरासी पूर्व नवलपुरमा जारी निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले एक सूचना जारी गर्दै जिल्लामा कायम भएको निषेधाज्ञा हटाएको जनाएको छ ।
 
नवलपुरमा गत बैशाख २१ गते देखी निषेधाज्ञा शुरु भएको थियो । त्यस यता पटक पटक गरि निषेधाज्ञा थप हुदैँ आएको थियो । पछिल्लो पटक भदौ ३१ गते राति सम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो । हाललाई जारी गरिएको निषेधाज्ञा समेत हटाइएको छ ।
 
अनिवार्य रुपमा मास्क ,सेनेटाइजरको प्रयोग, सामाजिक एवं भौतिक दुरी कायम गरि निषेधाज्ञाका समयमा रोक लगाइएका कार्यहरु गर्न सकिने प्रशासनले जनाएको छ ।