सरकारले नीजि क्षेत्रलाई प्रबद्र्धन गर्नुपर्छ – मुख्यमन्त्री नेपाली
कावासोती , भदौ २०।। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले राज्यले नीजि क्षेत्रलाई प्रबद्र्धन गर्न आवश्यक रहको बताउनुभएको छ ।
पूर्वी नवलपरासीको कावासोतीमा शनिबार नवलपुर उद्योग संघको दोश्रो साधारणसभाको उद्घाटन शत्रमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री नेपालीले नेपालको अर्थतन्त्रको मुख्य खम्बा भनेको नीजि क्षेत्र भएकाले नीजि क्षेत्रलाई प्रबद्र्धन गर्न सके मात्रै समृद्ध नेपालको सपना पुरा हुने बताउनुभयो । मुख्यमन्त्री नेपालीले भन्नुभयो –‘राज्यले आफैँ उद्योग चलाउँछु , आफैँ व्यापार गर्छु र आफैँ कमाउछु भनेर सम्भव छैन् , केही दायित्वहरु छन् जुन राज्यले बोक्नुपर्छ , चाहे घाटा लागोस् चाहे फाईदा होस् ती सेक्टर बाहेक अरुमा राज्यको भूमिका भनेको समन्वयकर्ताको हो ,उत्प्रेररको हो । जसका आधारमा नीजि क्षेत्रहरु अगाडी बढ्नुपर्छ ।’ ’ उहाँले नेपालको सन्दर्भमा, नेपालको संविधान २०७२ ले यहि कुरालाई आत्मसाथ गरेर अर्थतन्त्रलाई तिन खम्बे अर्थनीति भनेर परिभाषित गरेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘दुई वर्ष अघि देशको कूल ईकोनिमिक्स ३० खर्ब थियो सायद । त्यसमा असि प्रतिशत नीजि क्षेत्रले ओगटेको थियो । भनेपछि असि प्रतिशतवाला क्षेत्र जबसम्म अगाडी आउँदैन मुलुक अगाडी बढ्दै बढ्दैन । ’
यस्तै मुख्यमन्त्री नेपालीले राजनैतिक स्थीरता नहुँदासम्म मुलुक अगाडी बढ्न नसक्ने तर्क गर्दै देशको संविधान कानूनले भने अनुसारको कामकुरालाई कार्यान्वयन गर्न विभिन्न प्राविधिक कुराले गर्दा समस्या भईरहेको बताउनुभयो । बाह्य लगानी भित्राउने सन्दर्भको कुरा गर्दै , नेपालको काम गर्ने परिपाटी र एउटा काम पुरा गर्न पनि लामो समयसम्म झुलाउने प्रविृतीले गर्दा पनि लगानीकर्ताहरु लगानी गर्न नखोज्ने मुख्यमन्त्री नेपालीले बताउनुभयो ।
उद्योगधन्दा खोल्ने , बाह्य लगानी गर्ने कुरामा नीतिनियम , कानून सहज हुनुपर्ने बताउँदै उहाँले कतिपय कानून फुकाउने कुरा माथी ताक्नुपर्ने कारण पनि समस्या भएको बताउनुभयो । उहाँले संघीयता भनेको सधैँ केन्द्र ताक्ने नभई प्रदेश सरकारले समेत अधिकार पाउनुपर्नेमा जोड दिनुभयो ।
यसैबीच किसान उपभोक्ता सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित किसान मार्टको पनि शनिबार मुख्य मन्त्री नेपालीले नवलपुर जिल्लाको विकासका लागि गराएको योजना योजनामा मात्रै नभई छिटै काम पनि सुरु हुने पनि बताउनुभयो ।
Like this:
Like Loading...