‘ओली सच्चिँदैनन्, झन् प्रतिगमनकारी, लोकतन्त्र ध्वस्त गर्ने बाटोमा जान्छन्’-दाहाल(भिडियो वार्ता)

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबार अगाडी उभिएर लोकतन्त्रको बाँकी रहेको अंश पनि सकाउने घोषणा गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहालले दाबी गर्नुभएको छ ।

ओलीको पछिल्ला भनाइमा प्रतिगमनकारी, राजावादी उत्साहित हुनुले पनि उहाँ उपलब्धि सकाउने बाटोमा लागेको दाहालको भनाइ छ । कानूनी रुपमा विभाजित भैनसकेको नेकपाका अध्यक्ष दाहालले ईमेज च्यानललाई अन्तर्वार्ता दिँदै ओली कहिल्यै गणतन्त्रवादी नरहेकाले अहिलेको उपलब्धि ध्वस्त गर्ने बाटोमै उहाँ लाग्ने आरोप लगाउनुभयो ।

अविश्वासको प्रस्ताव ल्याउने बाटोमा नबढेको भए प्रधानमन्त्री ओलीले संसद विघटन गर्दैन थिए कि भन्ने प्रश्नमा दाहाल अल्मिलिँदै त्यसो नगरेको भए हुन्नथ्यो कि भन्ने आशय पनि व्यक्त गर्नुभयो । राष्ट्रपतिलाई महाभियोग लगाउन खोजेपछि ओली झन् बढी आक्रोशित भएको भन्ने प्रश्नमा उहाँले यो झूठो, निराधार र कपटपूर्ण आरोप हो ।

ओलीले गरेको ‘ब्ल्याकमेलिङ’ मात्र हो । नेकपालाई मिलेको संसदीय सिट पनि ओलीका लागि नभई पार्टीका नाममा आएको उहाँको भनाइ थियो । नेकपा बनाउने र गठबन्धन बनाउने प्रस्ताव नै आफ्नो भएको जिकीर पटक पटक उहाँले गर्नुभयो । तर पार्टी एकता पनि ओलीले आफू प्रधानमन्त्री पाउने सुनिश्चित भएपछि मात्र गरेको उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘केपी ओलीसँग अब एकता सम्भव छैन । बामदेव गौतमले मिलाउन खोजेर पनि सम्भव छैन । अहिले पार्टी एक हुने कुनै सम्भावना छैन ।’ ओलीले चालेको निरंकुशतावादी कदम नसच्याउँदासम्म एकता सम्भव छैन ।

फागुनबाट संयुक्त आन्दोलन हुने दावी पनि उहाँले गर्नुभयो । कांग्रेसका शेरबहादुर देउवा पनि तयार रहेको उहाँको भनाइ छ ।

कांग्रेससँगको गठबन्धन तोडेर एमालेमा टासिएपछि देउवा तपाईंसँग आशंकित भएका छन् नि भन्नेमा ‘उहाँको चित्त दुखेको छ । हो । तर मैले प्रष्ट्याइसकेको छु । शेरबहादुर देउवाजीले बुझ्नु भएको छ ।’ 

विस्तृत यो भिडियोमाः

इमेज खवरवाट…………………………