एकै परिवारका ६ जनाको हत्यामा संलग्नहरू अझै भेटिएनन, अनुसन्धानमा कुकुर पनि प्रयोगः

संखुवासभा, भदौं २१ । संखुवासभाको मादीमा भएको नृशंस हत्या प्रकरणमा संलग्न अपराधीको खोजीका लागि प्रहरीहरु घटनास्थल पुगेका छन् । तालिम प्राप्त कुकुर नै झिकाएर अपराधको अनुसन्धान हुँदैछ ।
परिवारका सबै सदस्य गुमाएका आँखा नदेख्ने र कान नसुन्ने ९० वर्षीय वृद्धले घटनाबारे आफूलाई केही जानकारी नभएको बताएपछि अनुसन्धानमा अन्यौल बढेको छ ।
मादी नगरपालिका–१ उम्लिङ्ग खोला खर्कका तेजबहादुर कार्कीको परिवारका ६ सदस्यको एक साथ हत्या गरिएको हो । शवको विभत्स दृष्य देख्दा लखेटी लखेटी हत्या गरेको जस्तो देखिएको छिमेकीहरुले बताएका छन् ।
आफ्नी श्रीमती, छोरा, बुहारी, नाति नातिनाको विभत्स हत्याको सुईंकोसम्म नपाएका तेजबहादुरका बुवा बौद्धमान कार्कीले हत्या कसले गरेको भन्ने जानकारी नरहेको बताएका छन् ।
हत्या गरिएकामा बौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५६ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की छन् । यस्तै तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की तथा ११ वर्षीय नाति दीपेन र सात वर्षीया नातिनी गोमा कार्की छन् ।
एकजनाको शव घरभित्र, दुईजनाको कान्लो, दुईजना खोल्सो तथा एकजनाको बाटोमा भेटिएकाले पनि हत्या लखेटी लखेटी गरेको हुनसक्ने अनुमान छिमेकीह्रुले गरेका हुन् । शवको घाँटी र शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ ।
तेजबहादुरका दुई छोरा नरेश र रमेश डेढ वर्षदेखि विदेशमा रहेको र नरेश मलेशियामा तथा रमेश दुबईमा रहेको छिमेकीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीसहितको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको छ । अनुसन्धानका लागि धरानबाट संघीय प्रहरीको टोली कुकुर पनि लगिएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम