तालिबान आएपछि यसरी पढाउन थाले अफगानिस्तानका विश्वविद्यालयले (फाेटाे फिचर)

फेरि पढाइ सुरू हुँदा विश्वविद्यालयका कक्षाको वातावरण भने पहिलाजस्तो थिएन। सामाजिक सञ्जालहरूमा पोष्ट भएका तस्बिरहरूमा कक्षाकोठामा केटा र केटीलाई छुट्याउन बीचमा पर्दा राखिएको देखिन्छ।
विश्वविद्यालय फेरि खोल्नुअघि निजी विश्वविद्यालयको एसोसिएसनले कक्षा सञ्चालन निर्देशिका जारी गरेको थियो। उक्त निर्देशिकामा कक्षाकोठामा केटा र केटी सँगै बस्न नहुने, केटीहरूले अनिवार्य रूपमा बुर्का लगाउनु पर्ने, उनीहरूलाई क्याम्पसका केही निश्चित भागमा जान नदिने, केटीहरूलाई सकभर महिला लेक्चररले मात्र पढाउनु पर्ने त्यसो गर्न सम्भव नभए असल व्यवहार भएका बुढा लेक्चररले पढाए पनि हुने कुरा उल्लेख थियो।
हेरात विश्वविद्यालयमा पत्रकारिताका एक जना प्राध्यापकले एक घन्टाको क्लासलाई आधा घन्टाको पारिएको बताए। पहिलो आधा घन्टा केटीहरूलाई पढाउने र त्यसपछि केटाहरूलाई पढाउने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए।
काबुलको एक निजी विश्वविद्यालयका लेक्चरर ३७ वर्षीय सेर अजामले केटा र केटीका लागि फरक-फरक क्लास लिने कि बीचमा पर्दा राखेर एकै पटक पढाउने विकल्प छान्न विश्वविद्यालय प्रशासनले भनेको बताए।
तालिबानहरूले सन् १९९६ देखि २००१ सम्म शासन चलाउँदा केटीहरूलाई उच्च शिक्षा पढ्न र बाहिर काम गर्नबाट रोकेका थिए। पछिल्ला २० वर्षमा भने अफगानिस्तानमा धेरै महिलाहरूले विश्वविद्यालयको शिक्षा लिएर विभिन्न पेसामा काम गर्न थालेका थिए।
२० वर्षपछि फेरि सत्तामा आएका तालिबानहरूले सरिया कानुनअनुसार महिला अधिकार दिने बताएका छन्। केही दिनयता राजधानी काबुलसहित विभिन्न सहरमा महिलाहरूले सरकारमा महिलाको सहभागितालगायत आफ्ना हक अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै प्रदर्शन गरिरहेका छन्।

शुक्रबार, साउन १९, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा

१५ असोज, काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि

१४ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत