एमसीसीमा एमाले : न पक्ष, न विपक्ष

काठमाडौं, भदौ २२ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित गराउन धेरै जोरजुलुम लगाउनुभयो । अहिले प्रधानमन्त्री शेर बहादुर देउवा संसदबाट एमसीसी पारित गराउन कम्मर कसेर लाग्नु भएको छ । तर, विपक्षमा पुगेपछि ओली अध्यक्ष रहेको नेकपा एमाले अहिले न एमसीसीको पक्षमा खुलेको छ न विपक्षमा नै ।

नेपालमा चरम विवादमा तानिएको अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गराउनकै लागि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले भदौ २३ बाट संसद अधिवेशन आह्वान गरेको छ । तर एमसीसी संसदबाट पारित गराउने विषयमा सत्ता गठबन्धनमा रहेका दलहरुको साझा धारणा अझै आउन बाँकी छ । सत्तामा हुँदा एमसीसीको प्रवक्ता नेकपा एमाले विपक्षी बेञ्चमा पुगेपछि उल्टै सरकारलाई संसदबाट एमसीसी पारित गरेर देखाउन चुनौति दिँदैछ । एमाले सांसद राजेन्द्र प्रसाद गौतम देउवा सत्ता गठबन्धनको स्पष्ट धारणा सार्वजनिक नभएसम्म एमाले मौन रहने बताउनुहुन्छ ।

प्रधानमन्त्री देउवाको सम्पूर्ण ध्यान एमसीसीमा केन्द्रित हुँदा विपक्षी दल एमालेको संसदीय रणनीति अर्कै छ ।

संसद बैठकमा एमालेको प्राथमिकता फरक भए पनि संसदमा एमसीसी प्रस्ताव टेबुल भएमा यो दलले पक्ष या विपक्षमा नखुली सुखै पाउदैन् । सत्तामा हुँदा एमसीसी पारित गर्न मरिहत्ते गर्ने दल एमालेका अध्यक्ष ओलीलाई विपक्षी बेञ्चमा पुग्दैमा एमसीसीको खरो आलोचक बनेर निस्कन पनि मुस्किल हुने देखिन्छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 7 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 91 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *