बौलाहा कुकुरको टोकाइबाट २६ जना घाइते
बौलाहा कुकुरको टोकाइबाट दाङमा २६ जना घाइते भएका छन् । दाङको तुलसीपुर क्षेत्रमा बौलाहा कुकुरको टोकाइबाट २६ जना घाइते भएका हुन् । कुकुरको टोकाइबाट घाइते हुने अधिकांश तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का बासिन्दा रहेका छन् ।
बौलाहा कुकुरले टोक्नथालेपछि स्थानीय त्रसित बनेका छन् । कुकुरले टोकेका व्यक्तिहरूको जिल्लामा उपचार सम्भव नभएपछि बाँके र काठमाडौं पठाउन थालिएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेण्ट डा. बिनोद सिंहले शुक्रबार दिउँसोसम्म २६ जना बौलाहा कुकुरले टोकेको भन्दै अस्पताल पुगेको बताउनु भएको छ ।
‘बौलाहा कुकुरको टोकाइबाट घाइते हुने बिरामीको संख्या बढ्दै गएको छ,’ उहाँले भन्नु भयो, ‘हामीसँग उपचारका लागि खोप छैन । त्यसैले बिरामीलाई बाहिर पठाउन बाध्य छौं ।’ उहाँले बुधबारदेखि बौलाहा कुकुरले टोकेका बिरामी आउन थालेको बताउनु भएको छ ।
अस्पतालमा इमोग्लोबिन नामक भ्याक्सीन अभावले बिरामीलाई बाहिर रेफर गर्नु परेको मेसु सिंहले बताउनु भयो । तुलसीपुरका स्थानीय किरण केसी पनि कुकुरको डरले स्थानीय दैनिक उपभोग्य वस्तु किनमेल गर्नसमेत जान डराउने गरेको गुनासो गर्नु भएको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
बोमलाल गिरी, नवलपुर, कात्तिक १५ गते । नारायणघाट–बुटबल सडक
कावासोती, कात्तिक १५ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय
कावासोती । नवलपुर प्रहरीले लामो दुरीको ग्रामीण गस्ती (लङ रुट