जाजरकोटमा दादुराका बिरामी देखापर्न थाले

जाजरकोट । जाजरकोटमा दादुराका बिरामी देखा पर्न थालेका छन् । भेरी नगरपालिका–१ रावतगाउँमा दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुराका बिरामी फेला परेका हुन् ।
विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमूना संकलन गरी जाँच गर्दा थप दुईमा दादुरा संक्रमण पुष्टि भएको थियो ।
हिजो मात्र प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेत, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र भेरी नगरपालिका स्वास्थ्य शाखाबाट संयुक्तरूपमा स्थलगत अनुगमन गरिएको थियो । स्वास्थ्य सेवा कार्यालयले वर्षेनी दादुराविरुद्धको खोप लगाउने गरे पनि अभियान असफल भएको स्थानीयवासी बताउँछन् । दादुरा सुरुवा रोग भएकाले यसलाई समयमै उच्च सावधानी अपनाउन नसके अवस्था जटिल हुने देखिन्छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै