संखुवासभामा भएको सामूहिक हत्याकाण्डका एक जना आरोपी पक्राउ
संखुवासभा । संखुवासभामा भएको सामूहिक हत्याकाण्डका एकजना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानलाई सुक्ष्मढंगले अगाडि बढाएसँगै एकजना स्थानीयलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो ।
घटनामा स्थानीय चिनजानकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान भने खुलाएको छैन । व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्ति ३० वर्ष उमेरको रहेको र कार्की परिवारको नजिकको नाता पर्ने व्यक्ति भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले जानकारी दिनुभयो । पाँच दिन अघि संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले