वैदेशिक रोजगारीमा जाने युवा ठगिने क्रम अझै रोकिएन

कञ्चनपुर । आफूले गर्ने काम, त्यसका लागि लाग्ने खर्च र प्रक्रियाका बारेमा विचार नपु¥याएर वैदेशिक रोजगारीमा जान खोज्ने धेरै युवाहरु समस्यामा पर्ने गरेका छन् । पैसाको प्रलोभनमा प्रक्रिया नबुझेरै विदेश जान खोज्नेमा बढी शिक्षित युवाहरु छन् ।

उनीहरु सीप नसिकी म्यानपावर कम्पनीकै विश्वासमा पर्ने गर्दछन् । जसले गर्दा कतिपय नेपालबाटै उड्न सकेका छैनन् भने कतिपयलाई विदेशमै विभिन्न समस्याको सामना गर्नु परी रहेको छ । यसको पछिल्लो उदाहरण हुन् कञ्चनपुरको कृष्णपुर नगरपालिकाका सुरेन्द्र खड्का

काठमाडौंको आरआर क्याम्पसमा स्नातक तहमा अध्ययन गर्दै गर्दा खड्कालाई रोजगारीका लागि जापान जाने हुटहुटी चल्यो । सुरुमा पढाई भिषामा जान खोजेका उन्ले पछि श्रमिक भिषाका लागि म्यानपावर कम्पनीलाई १७ लाख रुपौँया दिए । म्यानपावर कम्पनीको वैधानिकताका बारेमा नबुझेरै लाखौं रुपैया दिदा न उनी अहिलेसम्म बिदेश गएका छन न त रकम नै फीर्ता पाएका छन् ।

उता, कृष्णपुर नगरपालिका वाणीका जीवन थापा पनि म्यानपावर कम्पनीका बारेमा नबुझी रोजगारीका लागि मलेशिया गए । सुरुमा तीन लाख रुपैया खर्च गरेर मलेसीया गएका थापा तीन महिनामा कम्पनी बन्द भएपछि घर फर्कीएका छन् । परिवारले रकम फिर्ता मागेपछि म्यानपावर कम्पनीले त्यहि पैसामा उन्लाई फेरि साउदी अरब पठायो । त्यहाँ पनि उन्ले राम्रो काम पाएनन् ।

दुई वर्ष ९ महिना साउदी अरबमा बसेका उन्ले त्यो बिचमा न परिवारलाई पैसा पठाउन सके न आफू नै फर्किएर आए ? थापाका बुवा भजन थापा । अधिकांश युवाहरु लहैलहैमा र तयारी विना जाने गरेका कारण उनीहरु ठगिमा पर्ने गरेको आप्रवासन सम्बन्धी काम गर्दै आएको संस्था निड्स नेपालका सह–कार्यकारी निर्देशक प्रकाश मडैको भनाइ छ । त्यसैले पनि बैदेशिक रोजगारीमा जानु अघि सबैले आवश्यक जानकारी लिए मात्र ठगिनबाट बच्न सकिन्छ ।