बजेट प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ : मन्त्री भुसाल

२६ भदौ, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधिसभामा पेश गरेको बजेट प्रतिस्थापन विधेयक जनताप्रति समर्पित रहेको बताएकी छन् ।
किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले शनिबार गरेको कार्यक्रममा उनले बजेटले आन्दोलनमा त्याग गरेका व्यक्तिका परिवारलाई सम्मान र राहत व्यवस्था गरेको र कोरोनाबाट सङ्कटमा परेका नागरिकलाई राहत, बेरोजगारलाई रोजगारी दिने योजना र आर्थिक तथा भौतिक विकासलाई जोड दिएको धारणा राखिन् ।
उनले स्वदेशमै उत्पादन भएको विद्युत्को खपत बढाउन तथा खाना पकाउने एलपी ग्यासको आयातबाट हुने व्यपार घाटा न्यूनीकरण गर्न आफूले विद्युत् महसुल घटाएको पनि बताइन् । ‘अहिले जसले बढी बिजुली बाल्यो, उसले बढी महसुल तिर्नु परेको अवस्था छ, विद्युत् नियमन आयोगले निर्णय गरेपछि लागू हुन्छ’ उनले भनिन् ।
जातीय सामाजिक संस्था ‘किरात याक्थुङ चुम्लुङ’ को ३३ वर्षअघि स्थापना भएको हो । यस संस्थाको देशका नौ जिल्लामा र किरात जाति रहेका विश्वका १९ देशमा यस संस्था क्रियाशील छ । सो अवसरमा संस्थाका केन्द्रीय अध्यक्ष योगराज बानेमले नेपाल जातीय रङ्गीनता रहेको उल्लेख गर्दै यसको संरक्षणका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा