थप ९ सय ९४ जनामा कोभिड संक्रमण, पूर्ण खोप लगाउने ५१ लाख नाघे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोभिड–१९ संक्रमण भएको छ ।

९ हजार ८ सय ४० जनामा गरिएको परीक्षणमा ९ सय ९४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा ३ सय ५७ जना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या ८ लाख ६२ हजार ९ सय ४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट १२ जनाको मृत्यु भएसँगै कोभिडबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार ९ सय ३६ पुगेको छ ।
देशभरबाट शनिबार १३ सय ६८ जना डिस्चार्ज हुँदा अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ । संक्रमितमध्ये ९५ प्रतिशत बिरामी निको भएर घर फर्किएको मन्त्रालयको तथ्याङ्कले जनाएको छ ।

देशभर २७ हजार ३ सय ५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ४ सय ५६ जना आईसीयू, १ सय २२ जना भेन्टिलेटरमा उपचाररत छन् । बाँकी २५ हजार ७ सय ८ जना होम आइसोलेसन र १ हजार ६ सय ४७ जना संस्थागत आइसोलेसनमा छन् ।

देशभर कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाउनेको संख्या ५७ लाख ६९ हजार ३ सय २८ र पूर्ण मात्रा खोप लगाउनेको संख्या ५१ लाख ६० हजार ५ सय २४ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ १०, बिहीबार १०:०४
  • 6 views
कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

विस्तृत.....

  • २०८१ माघ ७, सोमबार २१:५२
  • 17 views
अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *