महामन्त्री कोइरालाद्वारा नवलपुरबाट सभापतिमा उम्मेदवारी घोषणा

विवेक भण्डारी
नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डांक्टर शशांक कोइरालाले १४औं महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
जिल्लाको देवचुलीमा कांग्रेसले आयोजना गरेको वीपी स्मृति भवन उद्घाटन गर्दै महामन्त्री कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘जसरी गिरिजाप्रसाद कोइरालाले गृहजिल्ला माेरङकाे विराटनगर पुगेर सभापति उम्मेदवारी घोषणा गर्नुहुन्थ्यो, त्यसैगरी मैले पनि गृहजिल्ला नवलपुरबाट सभापति पदका लागि उम्मेदवारी घोषणा गर्छु ।’
महमन्त्री कोइरालाले कांग्रेस कहिलै नहार्ने पार्टी रहेको भन्दै पार्टीभित्र कुनै कलहको आवश्यकता नरहेको बताउनुभयो । देशमा कृषि, पर्यटन र भौतिक पुर्वाधारमा कांग्रेसले विकासका योजना ल्याउने पनि उहाँको प्रतिबद्धता छ ।
कार्यक्रममा नेपाली कांग्रेसका गण्डकी प्रदेशका सासंद विष्णु लामिछाने कांग्रेसमा अहिले युवाको आकर्षण देखिएको भन्दै पार्टीले युवाहरूलाई अवसर प्रदान गर्ने बताउनुभयो ।

मङ्लबार, अशोज १६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा