मलेसियाबाट ६ शवसहित ११ नेपालीकाे अस्तु नेपाल ल्याइयो

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर ज्यान गुमाएका ६ जनाको शवसँगै ११ जनाको अस्तु नेपाल आइपुगेको छ ।
विभिन्न समयमा मलेसियामा मृत्यु भएकाहरूको शवसँगै अस्तु वैदेशिक रोजगार विभागको समन्वयमा शनिबार नेपाल आइपुगेको हो । नेपाल एयरलाइन्सको आर ए ४१६ फ्लाइटमा मृतकको शरीर तथा अस्तु नेपाल ल्याएको विभागले जनाएको छ ।
नेपाल ल्याइएका अस्तुहरूमध्ये १० जनाको कोभिडका कारण निधन भएर मलेसियामै अन्त्येष्टि गरिएको थियो । मृत्यु भएर नेपाल ल्याइएका ६ वटा शव इटहरी, सप्तरी, बैतडी, भोजपुर, मोरङ र रोल्पा जिल्लाबाट वैदेशिक रोजगारीमा गएकाहरूको रहेको विभागले जनाएको छ ।
त्यस्तै, मलेसियामै अन्त्येष्टी गरिएका मोरङका दुई जना, महोत्तरी, दैलेख, पाल्पा, सर्लाही, ताप्लेजुङ, काठमाडौं, रामेछाप र कास्कीका एक/एक जना रहेको बोर्डको सचिवालयले जनाएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै