ट्वीन टावर हमलाको २० वर्ष पूरा, अमेरिकालाई कति क्षति
काठमाडौं, २६ भाद्र । आज ११ सेप्टेम्बर । आजभन्दा २० वर्ष अघि संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरको विश्व व्यापार संगठनको भवनमा आतंकवादी हमला भएको थियो ।
आतंकवादी हमलामा कुल चार विमान अपहरण गरिएका थिए । दुईवटा विमान ट्वीन टावरमा ठोक्याइएका थिए । एउटा विमान वासिङ्टनस्थित पेन्टागनमा ठोक्याउन खोज्दा पश्चिमतर्फको कुनामा केही क्षति गरेर दुर्घटना भएको थियो । अर्को विमानले अन्यत्र कुनै क्षति गर्न सकेन ।
१७ मिनेटको फरकमा विहानै भएको हमलामा ट्वीन टावर ध्वस्त भएका थिए । ११० तल्ले भवन एक घन्टा ४२ मिनेटमा ध्वस्त भएका थिए ।
हमलामा दोषी पाइएकाहरुलाई अमेरिका पक्राउ समेत गरेर क्युबाको ग्वान्टेनामो टापुमा राख्यो । अझै पनि पाँच जना दोषी ग्वान्टेनामो टापुमा सन् २००६ यता बन्दी बनाइएका छन् ।
इस्लामिक आतंकवादी संगठन अल कायदा हमलामा दोषी रहेको पाइएको थियो । सेप्टेम्बर ११ को हमलापछि अमेरिकाले अल कायदाविरुद्ध कठोर नीति लियो । अल कायदा नेता ओसामा विन लादेनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो ।
लादेन अफगानिस्तानमा रहेको आशंकामा खोजी भयो । तर, अरबौं डलर खर्चिएपछि लादेन पाकिस्तानको अवोटावादमा रहेको पत्ता लगाएर गोप्य हमला गरी मारिदियो ।
लादेन पाकिस्तानको संरक्षणमा अवोटावादमा रहेको विषय पनि चर्चामा आयो । यो घटनापछि पाकिस्तानको अमेरिकासँग सम्बन्ध चिसियो ।
११ सेप्टेम्बरको हमलामा कुल १९ जना अपहरणकारी संलग्न रहेको खुलेको थियो । जसमध्ये साउदी अरेबियाका १५, युनाइटेड अरब इमिरेट्सका २, इजिप्ट र लेबनानका ११ जना थिए ।
हमलाबाट ३८ करोड ५० लाख डलर बराबरका ४ विमान, विश्व व्यापार संगठन रहेको जुम्ल्याहा भवनको साँढे २ अर्ब डलर, पेन्टागनको क्षतिको १ अर्ब डलरसहित १३ अर्ब डलरको पूर्वाधार क्षति भएको थियो ।
क्षतिग्रस्त भवन पन्छाउन मात्र १ अर्ब डलरभन्दा बढी खर्च भयो । ८३ हजारको जागिर गुम्यो । अमेरिकी नागरिकले मात्र १७ अर्ब डलर बराबरको तलब गुमाउन पुगे ।
इन्सुरेन्स व्यवसायले मात्र ४० अर्ब डलर गुमायो । न्यूयोर्क शहरले ९५ अर्ब डलर गुमायो । यसको असर विश्वव्यापी भयो । जुन हिसाब गर्न नसकिने खालको थियो ।
अमेरिकाले सेप्टेम्बर ११ को हमलापछि आतंकवादविरुद्धको लडाईं बढायो । अफगानिस्तान, पाकिस्तान, मध्यपूर्व, अफ्रिकालगायतका विभिन्न क्षेत्रमा अरबौं डलर खर्च गर्यो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार
२१ कात्तिक, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला
२१ कात्तिक, काठमाडौं । खुँडा प्रहार गरेर ज्यान
सन्जय भट्टराई, कावासोती । गत कार्तिक ३ गते बुलिङटारबाट
काठमाडौं : बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय