देवचुली नगरपालिकाबाट १० जनाको सभापति पदका लागि उम्मेदवारी घोषणा
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिदैँ गर्दा निर्वाचनको सरगर्मी बढेको छ । शनिबार नेपाली काँग्रेस देवचुली नगर कार्यसमितले आयोजना गरेको उम्मेदवारी घोषणा कार्यक्रममा महाधिवेशनका लागि देवचुली नगरपालिकाबाट १० जनाले सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
जसमध्ये कतिले यस अघि नै विभिन्न कार्यक्रम तथा सामाजिक संजालबाट उम्मेदवारी घोषणा गरिसकेका थिए भने कतिले आजै मात्र उम्मेदवारी घोषणा गरेका हुन् । नगर सभापति पदका लागि डिल्लीराम कडरिया, प्रदिपराज घिमिरे, गौरिश्वर न्यौपाने, भूपराज पाठक, नारायण प्रसाद पौडेल, देवि खनाल, दयाराज तिवारी, क्याप्टेन डिल बहादुर खत्री, रविलाल सापकोटा र पूर्णकमुार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान सभापति पूर्णकुमार श्रेष्ठले सभापति पदमा सर्वसम्मत निर्णय भए आँफू प्रतिष्पर्धा नगर्ने तर निर्वाचन मै जान परे आँफू पछि नहट्ने बताउनुभयो । यस अघि भाद्र २७ गते हुने भनिएको नगर अधिवेशन आगामी असोज ९ गते हुने भएको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
बोमलाल गिरी, नवलपुर, कात्तिक १५ गते । नारायणघाट–बुटबल सडक
कावासोती, कात्तिक १५ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय
कावासोती । नवलपुर प्रहरीले लामो दुरीको ग्रामीण गस्ती (लङ रुट