शारदा झेडी ।। स्याङ्गजा जिल्लाको हरिनाश गाउपालिकामा जन्मीनु भएका दयानिधि पौडेल तनहु भिमादमा बसोबास गरि राजनीति र व्यावसायीक क्षेत्रमा अग्रसर हुनुहुन्छ ।
नेपाल औषधी ब्यावसायी संघ गण्डकी प्रदेशका उपाध्यक्ष समेत रहेका युवा नेता पौडेल राजनीतिमा आफु लाग्नुको केहि मुख्य उदेश्यहरु सर्वसाधारणमाझ प्रष्ट्याउनुभएको छ । राजनितिलाई बिकास संग जोड्ने उहाको मुख्य लक्ष्य छ ।
प्रत्येक कांग्रेसीजनहरुलाई प्रशिक्षित गराई सकारात्मक भावनाको विकास गराउदै संगठन जागरुक बनाएर अगाडी बढाउने उहाँको चाहना छ ।
स्वावलम्बन र स्वरोजगार सहित अर्थोउपार्जनका लागी एवं आर्थिक क्रान्तीमा आमुल परिवर्तनका लागी बिभिन्न तालीम र गोष्ठी मार्फत् शशक्त रुपमा अगाडि बढाउनका लागी आफु सधै अग्रसर रहदै राजनैतिक क्षेत्रमा अनुभबी व्यक्तित्वलाई सम्मान गर्दै राय सुझाव लिएर अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
अनुशासित र मर्यादित कांग्रेस कार्यकर्ता निर्माण गर्ने , नगरभित्रका बिकास निर्माण सहितका समस्या उजागर गरि सम्बोधन गर्नका लागी सम्बन्धित निकायलाइ घच्घच्याउने, राजनीतिलाइ ब्यावसाय नभई समाजसेवा बनाउदै जनताका हरेक सुखदुखमा साथ सहयोग र समर्थनका लागी पार्टीलाइ जागरूक बनाउन पहल गर्ने, पार्टी संगठनमा देखिने कमी कमजोरीलाई पहिचान गरि निराकरण गर्नका लागी उहाकाे सदैव पहल रहने कुरामा विस्वस्त रहन सर्वसाधारणमा उहाकाे आग्रह छ ।
। नेपाल तरुण दल भिमाद नगर समितीको संयोजक भएपछि कांग्रेस संगठन बिस्तार गर्न लागी परेकोले तरुण युवा बिच निकै लोकप्रियता हासिल गर्नूभएका पौडेल नेपाली कांग्रेसको आसन्न १४ औ महाधिबेशनमा भिमाद नगर समिती सभापतीमा आफ्नो उमेद्वारी दिनुभएको छ ।
नगर सभापतीमा आकांक्षीहरु दयानिधी पौडेल, चित्र राना, अरविन श्रेष्ठ , टेक बहादुर थापा, राम कृष्ण राना
लगायतका ५ जना मध्ये पौडेल अग्रजलाई सम्मान युवालाई अवसर भन्ने मान्यता राख्ने व्याक्तित्वकाे रूपमा परिचित हुनुहुन्छ ।