पोखरामा मोटरसाइकलबाट ८ लाख खसेर हरायो

पोखरामा एक जना युवाले मोटरसाइकलको लेगार्डमा झुण्डाएको सेतो प्लास्टिकको झोला खसेर पौने ८ लाख बराबरको रकम हराएको बताइएको छ । नगद रकम राखेकाे झाेला खसेको भनेर युवाले जिल्ला प्रहरी कार्यालय कास्कीमा जानकारी गराउनु भएकाे छ ।
सोमबार आज दिउसो अन्दाजी पौने १२ बजेको समयमा कास्कीको पोखरा ५ पर्स्याङ सिमाना मार्गबाट न्यूरोड नगरपालिकाको कार्यालयसम्म आउने क्रममा नगद रकम राखेकाे झाेला खसेको हो । बारा स्थायी घर भई हाल पोखरा १४ चाउथे बस्ने २८ वर्षीय हरिकृष्ण मैनाली (फाेन नं ९८४६६३७२६०) ले सेतो प्लास्टिकको झोलामा नगद सात लाख छयाहत्तर हजार राखी मोटरसाईकलको लेगगार्डमा झुण्याई हिडिरहेको अवस्थामा हराउनु भएको हो ।
मैनालीले रकम हराएको भनी जिल्ला प्रहरी कार्यालय कास्कीमा जानकारी गराउनु भएको जनाइएको छ । कोही कसैले फेला पार्नु भएमा नजिकको प्रहरी कार्यालयमा बुझाउनु हुन वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ ।

मङ्लबार, भदौ २६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको