कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

काठमाडौं : कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुन लागेको हो। परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ। र, विहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन हुने छ।
परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ। सरकारले १८ वर्ष पुगेका १२ का विद्यार्थीलाई खोप लगाएको छ।
परीक्षा असोज ८ गतेसम्म संचालन हुने बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए। यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो। यसअघि बैशाखमा परीक्षा गर्ने तयारी थियो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै