गापा अध्यक्षलाइ बालबालिकाहरूकाे प्रश्नः बालविवाह देखि लागु औषध दुर्व्यसनको कुलतबाट बालवालिकाहरुलाई कसरी जोगाउने होला अध्यक्ष ज्यू ?

सधै जनप्रतिनिधी र विभिन्न विषयमा सरोकार राख्ने व्यक्तिहरुको छलफलका सहभागिले भरिने हुप्सेकोट गाउँपालिकाको सभाहलमा मंगलवार छुट्टै रौनक देखिएको थियो । स्कुलको ड्रेसमा सजिएर बालादिवस मनाउन आएका विधार्थिहरुमा उत्साह संगै मनको डर अनुहारमा झल्किरहेको थियो ।

धेरै जसो सहभागि पहिलो पटक उपस्थित भएका थिए भने केहि मात्रै एक दुई पटक गाउँपालिकाको कार्यालयमा आएको अनुभव छ । मंगलवार ५७ औं बाल दिवसको अवसरमा हूप्सेकोट गाउँपालिकाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा भाग लिन बालवालिकाहरु गाउँपालिकाको सभाहलामा उपस्थित भएका हुन ।

प्रतियोगितामा भाग लिनेहरुको तयारी कम भएका कारण धेरै जसोले भन्न खोजेको र जानेको कुराहरु नि प्रस्ट संग बोल्न सकिरहेका थिएनन । यसै क्रममा प्रतियोगिता कार्यक्रम सकिएपछि र निर्णायकले निर्णय सुनाउनु भन्दा पहिले यस्तो अवसर गाउँपालिकाले बालवालिकालाई दियो जहा प्रतियोगितामा भाग नलिएका बालवालिकाहरुले पनि आफ्ना समस्या मात्रै नभएर समग्र बालवालिकाहरुमा देखिएको समस्याका विषयमा सिधा प्रश्न गर्न थाले ।
हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ की अस्मिता घर्तिले बालविवाह धेरै बढिरहेको छ यसलाई न्यूनीकरण गर्न गाउँपालिकाले के गर्दै आएको छ भन्दै प्रश्न गरिन । पहिले बालविवाह परिवारले गरिदिने गरेपनि पछिल्लो समय आफु खुसी प्रेम विवाह गर्ने, विद्यालयबाट नै भाग्ने बालवालिकाहरुको सख्या बढेको पाइन्छ ।

यसैक्रममा कक्षा ७ मा अध्ययन गर्ने स्वर्णिम तामाङले प्रश्न गरे विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीहरुलाइ दिवा खाजाको व्यवस्थ गर्न सकिदैन र अध्यक्ष ज्यू? एक एक गर्दै बालवालिकाहरुले आफ्नो गम्भिर प्रश्नहरु अध्यक्षलाई सोध्दै गए । सुर्योज्योती माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने प्रतिक न्यौपानेले गम्भिर प्रश्न गर्दै भने विद्यालयमा हामीहरुलाई खेल्ने मैदान छैन, खेलकुद सामाग्री छैन के गरौ ?

आफ्नो समस्या मात्रै होइन समुदायमा देखिएका बालवालिकाहरुको समस्या समाधान गर्न आग्रह गर्दै मेरो उमेर समुहका साथिहरु लागु औषध दुव्र्यसनीमा फसेका छन तिनीहरुलाई कसरी जोगाउने भन्दै निकै चिन्ता र चासोका विषयमा गाउँपालिका अध्यक्ष लक्ष्मी देवि पाण्डेलाई प्रश्न गरेका थिए ।


बालवालिकाको जिज्ञाशा र प्रश्नहरु सुनेर कार्यक्रममा सहभागि सबैको ध्यान केन्द्रित भएको थियो । बाहिरी रुपमा बालवालिकाको अधिकारलाई सामान्य रुपमा लिएपनि उनीहरुको मनोविज्ञान र समस्यालाई हेलचेकराई गरिएको महसुस भएको कार्यक्रममा सहभागिहरुको भनाइ छ ।
वालवालिकाको प्रश्नको जवाफ दिदै हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले भन्नु भयो “यो उमेर समुहका भाइवहिनीहरुमा आएको चिन्तन ,चासो र चेतना देखेर म निकै प्रफुल्लीति भए ।

तपाईहरुको प्रश्नको उत्तर दिएर मैले तपाईहरुको मन वुझाउन सकुला नसकुला तर तपाईहरुको जिज्ञाशाले अव छिट्टैनै यो समाज सुन्दर र सभ्य वन्ने निश्चीत छ । ”
गाउपालिकाले कक्षा ८ सम्म सवै विधार्थिहरुलाई समान शिक्षाका लागि अंगे्रेजि माध्यममा पनि निशुल्क पस्तक, झोला र मासिक फिस लिन नपाउने व्यवस्था गरेको वताउदै गाउपालिका अध्यक्ष पाण्डेले गर्भअवस्थामा पोषण भत्ता र छोरीको सुनौलो भविश्य कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनु भयो ।

वालविवाहा रोक्नका लागि विधालय उमेर समुहका वालवालिकालाई विधालय छाडन नदिने वातावरण तयार पर्ने र आर्थिक अवस्था कमजोर भएर कोहि पनि शिक्षा वाट वञ्चित हुने अवस्था आउन नदिने प्रतिवद्धा व्यक्त गर्नु भयो ।
विधालयमा अहिले कक्षा ५ सम्म दिवा खाजा सञ्चालनमा छ ।

हुप्सेकोट गाउपालिकाले नेपाल सरकारले घोषणा गर्नु भन्दा अगाडि नै दिवा खाजा सुरु गरेकाले विधालय उमेर समुहका सवै विधार्थिलाई दिवा खाजाको व्यवस्था गर्ने वारे छलफल र अध्ययन हुने गाउपालिका अध्यक्ष पाण्डेले वताउनु भयो ।