देशभर राष्ट्रिय जनगणना सुरू हुँदै:तेस्रो लिंगीलाई राष्ट्रिय जनगणनामा पहिचान खुलाउन आग्रह

  • समाचार
  • २०७८ भाद्र ३०, बुधबार २३:३७

देशभर बुधबारदेखि राष्ट्रिय जनगणना सुरू हुँदै छ । जनगणनाका लागि घरघरमा सुपरीवेक्षक खटिँदै हुनुहुन्छ । जनगणनाको कार्यक्रम सुरू हुँदै गर्दा यौनिक तथा लैंगिक अल्पसंख्यकको गणनाका लागि ‘जनगणना विधि’ अवलम्बन गरिने भएको छ।

केन्द्रीय तथ्यांक विभागले २०६८ सालको जनगणनामा पनि यौनिक तथा लैंगिक अल्पसंख्यकको तथ्यांक संकलन गर्दा सोही विधि अपनाएको थियो । तर उहाँहरूको जनसंख्या आशा गरेभन्दा निकै कम आएपछि यसपटक के विधि हुने भन्नेमा अन्योल थियो। सरकारी अधिकारीहरू जनगणना विधिको सट्टा ‘नमुना छनोट विधि’ अवलम्बन गर्ने सोचमा हुनुहुन्थ्याे ।

तर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका प्रतिनिधिले जनगणना विधि नै अपनाउन अनुरोध गरेपछि सम्पूर्ण घरपरिवारलाई समेटेर गरिने जनगणना विधि अर्थात् सेन्ससमै जाने निर्णय विभागले यसअघि नै गरिसकेको छ। २०६८ सालको जनगणनामा घरपरिवार सूचीकरण फाराममा लिंगको छनोट गर्दा पुरुष, महिला र तेस्रोलिंगी भनेर राखिएको थियो भने यसपटक तेस्रोलिंगका ठाउँमा ‘अन्य यौनिक तथा लैंगिक’ भनी उल्लेख गरिने भएको छ ।

विभागले तेस्रोलिंगी शब्दले तेस्रोलिंगी अर्थात् ट्रान्सजेन्डर र अन्तरलिंगी अर्थात् इन्टरसेक्सलाई मात्र बुझिने भएकाले सबै यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समेट्न यस्तो परिवर्तन गर्न लागिएको हो ।

यसैगरी नागरिकता जारी गर्दा गृह मन्त्रालयले २०६९ मा जारी गरेको निर्देशिकामा पनि यौनिक तथा अल्पसंख्यक भनिएकाले पनि सोहीअनुसार यसो गर्न लागिएको बताइएको छ। तेस्रो लिङ्गीलाई पहिचान खुलाउन आग्रह राष्ट्रिय जनगणना सुरु हुन लागेसँगै निलहिरा समाज (ब्लू डायमन्ड सोसाइटी)ले फारममा उल्लेख गरेको महिला, पुरुष र अन्य लिंगीमा सम्पूर्ण समुदायको विवरण चढाउन अनुरोध गरेको छ ।

यस विषयमा स्थानीय सरकार, सुपरीवेक्षक र आमसमुदायलाई सहजीकरण गर्न सोसाइटीकी अध्यक्ष पिंकी गुरुङ अहिले धनकुटामा हुनुहुन्छ । उहाँले तेस्राे लिंगीलाई आफ्नाे पहिचान खुलाउन आग्रह पनि गर्नुभएकाे छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 106 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *