सौडियारमा वडा स्तरिय युवा क्लव गठन, नमुना युवा संसद अभ्यासका लागि प्रतिनिधि छनौट

दाङ,१ चैत्र ।
घोराही उप महानगरपालिका वडा नम्वर ७ मा वडा स्तरिय युवा क्लव गठन गरिएको छ । स्थानिय युवा संदिप चौधरको अध्यक्षता तथा वडा अध्यक्ष खोपीराम चौधरीको प्रमुख आतिथ्यमा आज आईतवार सम्पन्न युवाहरुको भेलाले संदिप चौधरीको अध्यक्षतामा १७ सदस्सीय युवा क्लव गठन गरेको हो । क्लवको उपाध्यक्षमा अश्मिता चौधरी,सचिवमा सुमन केसी र कोषाध्यक्षमा कविता योगी रहनुभएको छ । वडाका सवै टोलका युवालाई समेटेर गठन गरिएको क्लवका सदस्यहरुमा भेषी वि.सी.,फुलमाया चौधरी,माया चौधरी,राजेन्द्र चौधरी,सपना चौधरी,प्रमिला चौधरी,केशर कुवर,मधुसुदन खनाल र सन्जु चौधरी रहनुभएको छ । भेलाले युवा तथा खेलकुद मन्त्रालयको युवा परिषद अन्तरगतको नमुना युवा संसद अभ्यास कार्यक्रमका लागि अध्यक्ष संदिप चौधरी र सदस्य भेषी वि.सी.लाई नगर युवा संसद प्रतिनिधि छनौट गरेको छ । भेलाको सहजीकरण वडा कार्यालयका कर्मचारी विमल योगीले गर्नुभएको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 26 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 19 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *